भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा
लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित
त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै
भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ ।
भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।
बलिङमा
भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई÷दुई, रायन टेन डेसचाटे र अभिनाश
बोहराले एक÷एक
विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट
गुमाएर १४३ रन बनाएको थियो ।
भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले
१२÷१२
रन जोडेका थिए ।
चितवनका
सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको
यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र
काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।