खेलकुद

पाकिस्तानले रोक्न सकेन अस्ट्रेलियालाई

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित गर्दा भारतसंग  ३६ रनले पराजित हुन पुगेको थियो। पाकिस्तानको भने ४ खेलमा यो दोश्रो हार हो। पहिलो… पुरा पढौ

कास्की जिल्ला फेन्सिङ संघमा शाही

कास्की जिल्ला फेन्सिङ संघको मंगलबार भएको दोश्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा सन्दीप बराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नविन सुवेदी, शशिविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयन भएका छन् । नेपाल फेन्सिङ संघकी केन्द्रिय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि… पुरा पढौ

महानगरपालिकाको योजना , आर्वामा खेलग्राम बनाउन डिपिआर पेश

पोखरा महानगरपालिकाले खेलग्राम निर्माणको तयारी गरेको छ । केही ठाँउको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाईसकेको छ । बनाइएको प्रतिवेदन अनुसार महानगरपालिकाले आफनै खेलग्राम निर्माण गर्ने योजना बनाएको हो । योजनालाई आगामी पाँचौ नगरसभाले अनुमोदन गर्ने छ । लामो समयदेखि बजेट अभावमै अलपत्र परेको लेखनाथ भण्डारढीक रंशगालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको लागि समेत नगरसभाले बजेट बिनियोजनको प्रस्ताव गरिएको छ । बजेट बिनियोजन गर्दै कभर्ड हल तयार गरे त्यस क्षेत्रमा आयोजना हुने… पुरा पढौ

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आज कोसंग आउदै छ मैदानमा ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज ९बुधबार० साँझ साविक विजेता अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया बलियो टोली हो । एक पटक विश्वकप उपाधिको स्वाद चाखेको पाकिस्तान पनि अस्ट्रेलियालाई हराउने दाउमा छ । विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । विश्वकपमा दुई टोली… पुरा पढौ

फिफा महिला विश्वकप फुटबलमा अमेरिकाद्धारा नयाँ रेकर्ड कायम

अमेरिकाले थाइल्यान्डलाई १३-० गोलले पराजित गर्दै फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा रेकर्ड बनाएको छ। मंगलार राति भएको खेलमा सन् २०१५ को च्याम्पियन अमेरिकाले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको अमेरिकाले थप १० गोल गरि थाईल्याण्डविरुद्ध रेकर्ड बनाएको हो । अमेरिकाका लागि एलेक्स मोर्गानले ५ गोल गरेकी थिइन्। रोस लभेनी र समान्थ मेविसले २(२ गोल गरे। लिन्से होरान, मेगन रापिनोए, मालोरी पग र कर्ली… पुरा पढौ

युवा क्रिकेटर सन्दिपले फेरि किने नयाँ बाइक, मूल्य कति ?

युवा क्रिकेटर सन्दिप लामिछानेले फेरि अर्को महंगो मोटरसाइकल खरिद गरेका छन् । झण्डै तीन हप्ता लामो अष्ट्रेलिया बसाइपछि नेपाल फर्किएलगत्तै उनले मोटरसाइकल किनेका हुन् । सन्दिपले मंगलबार बुलेट बाइक खरिद गरेका हुन् । ३ सय ५० सीसीको क्लासिक गन मोडलको बुलेट बाइकको नेपालमा बजार मूल्य ५ लाख १५ हजार रुपैयाँको छ । यसअघि तीन साताअघि आइपीएल खेलेर फर्किएलगत्तै उनले बिएमडब्लु कम्पनीको झण्डै १० लान पर्ने मोटरसाइकल किनेका थिए । उनीसँग टाटाले… पुरा पढौ

पोखरामा ३१ गतेदेखि राष्ट्रपति कप

पोखरा महानगरपालिकाको आयोजनामा जेठ ३१ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ । प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी सहभागी हुन पाउनेछन् । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा जेठ ३० गतेसम्म खेलाडीको नाम दर्ता गराउन सकिने महानगरले जनाएको छ । प्रतियोगितामा छात्र, छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका विभिन्न खेलहरु समावेश गरिएको महानगरका शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतियोगितामा विजेता… पुरा पढौ

नेपाली राष्ट्रिय भलिबल प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक

आसन्न एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई तीन महिनाका लागि असार चार गते नेपाल पठाउन लागेको हो । नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अघि बढाउन आग्रह

बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएकोपछि सञ्चालन गर्न धुर्मुससुन्तलीलाई आग्रह गरिएको हो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन… पुरा पढौ

अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा बाग्लुङका पाईजामगरलाई स्वर्ण

दक्षिण कोरियाको बुसानमा आयोजित एक खेल प्रतियोगितामा बाग्लुङका राजन पाईजा मगरले स्वर्ण जितेका छन् । कोरियामा भएको ३१ औं बुसान मेयर कप अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा उनले ६० तौल समुहमा नेपालका तर्फबाट स्वर्ण पदक हात पारेका हुन् । त्यसैगरी पोखराका प्रकाश खड्काले ६७ केजीमा रजत पदक, चन्द्र हमालले कास्य र जमानसिंह गुरुङले पनि रजत पदक प्राप्त गरेका छन् । महिला तर्फ चन्द्र हमालले ५५ केजीमा कास्य पदक जित्दा पुरुष तर्फको ५५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं