कास्की जिल्ला फेन्सिङ संघको मंगलबार भएको दोश्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा सन्दीप बराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नविन सुवेदी, शशिविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयन भएका छन् ।
नेपाल फेन्सिङ संघकी केन्द्रिय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि प्रचारप्रसार र विगतमा संघले गतिलिन नसक्दा ओझेलमा परेको बताउँदै आफुले संघलाई गतिशिलता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा मधुसुदन सुवेदी, भीमसेन थापा, कृष्ण रानाभाट, विनोद नेपाली र कानूनी सल्लाहकारमा दामोदर अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको सचिव सन्दीप बरालले बताए ।
त्यस्तै अगामि असार ६ गते कामाण्डौमा हुन गई रहेको फेन्सिङ संघ नेपालको केन्द्रिय अधिवेशनमा मताधिकार सहितको अधिकार प्रदान गर्दै संघका नवनिर्वाचित अध्यक्ष विजय शाहीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको पनि सचिव बरालले जानकारी दिएका छन् ।






