फिफा महिला विश्वकप फुटबलमा अमेरिकाद्धारा नयाँ रेकर्ड कायम

अमेरिकाले थाइल्यान्डलाई १३-० गोलले पराजित गर्दै फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा रेकर्ड बनाएको छ।

मंगलार राति भएको खेलमा सन् २०१५ को च्याम्पियन अमेरिकाले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको अमेरिकाले थप १० गोल गरि थाईल्याण्डविरुद्ध रेकर्ड बनाएको हो ।

अमेरिकाका लागि एलेक्स मोर्गानले ५ गोल गरेकी थिइन्। रोस लभेनी र समान्थ मेविसले २(२ गोल गरे। लिन्से होरान, मेगन रापिनोए, मालोरी पग र कर्ली लोर्डले १-१ गोल थपे।

विश्वकपमा यसअघिको ठूलो अन्तरको जित जर्मनीले निकालेको थियो। जर्मनीले सन् २०११ मा अर्जेन्टिनामाथि ११-० को जित हात पारेको हो।

यता अमेरिकाले विश्वकपमा अहिलेसम्मकै ठूलो जित हात पार्यो। अमेरिकाले यसअघि चाइनिज ताइपेईमाथि ७-० को जित हात पारेको थियो।