खेलकुद

विश्वकपमा आज बलियो न्युजिल्यान्डविरुद्ध को उत्रिदै छ मैदानमा ?

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविच मैदानमा प्रतिस्पर्था हुदैछ । न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतियोगिता सुरु हुनुअघिका उपाधि दाबेदार टोलीहरू हुन् । न्युजिल्यान्डले आफ्नो त्यही छवि कायम राखेको छ । प्रतियोगितामा चार खेल खेल्दा न्युजिल्यान्डले आफूलाई अपराजित राखेको छ । चारमध्ये तीन खेलमा जित हात पार्दा भारतविरुद्धको एक खेल वर्षाले अवरुद्ध बनेको थियो । त्यसको ठीक उल्टो दक्षिण अफ्रिकाले भने निरन्तर पराजय बेहो¥यो । पाँचौ खेलमा आएपछि मात्रै… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद पुर्वाधार तयारीका लागि गण्डकी प्रदेशले कति पायो बजेट ?

नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको जिम्मेवारी पाएको गण्डकी प्रदेशलाई आवश्यक पुर्वाधार तयारको लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट छुट्टाएको छ । कास्कीसहित अन्य विभिन्न जिल्लामा रहेका कभर्ड हलको मर्मत सम्भार एवं रंगशालाको स्तरोन्नति गर्ने शीर्षकमा मन्त्रालयले बजेट छुट्टाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको हो । मन्त्रालयले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नतिसँगै पवेलियन निर्माणको लागि ३ करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाईएको रकम पोखराको क्रिकेट इतिहासमै सबैभन्दा ठूलो बजेट समेत हो… पुरा पढौ

एउटै खेलमा बन्यो छक्कै छक्काको रेकर्ड

एक दिवसीय विश्वकप क्रिकेटको एकै खेलमा ३३ छक्काको रेकर्ड बनेको छ । इंगल्याण्ड र अफगानिस्तानबीचको खेलमा उक्त रेकर्ड बनेको हो ।  म्यान्चेस्टरको मैदानमा मंगलबार राति भएको खेलमा इंगल्याण्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले हरायो ।  इंगल्याण्डले ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३९७ रन बनायो । विश्वकपमा इंगल्याण्डको यो सबैभन्दा उच्च योगफल हो ।   इंगल्याण्डले यसअघि जारी विश्वकपमै बंगलादेश विरुद्ध ३८६ रन बनाएको थियो । कप्तान इयान मोर्गानले १४८ रन… पुरा पढौ

पाकिस्तानी क्रिकेट टिमलाई प्रतिबन्ध किन ?

 इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटका क्रममा भारतसंग पराजित पाकिस्तानी क्रिकेट टिमलाई निलम्बन गर्न मुद्दा परेको छ ।  पाकिस्तानका एक निराश प्रशंसकले पाकिस्तानको गुजरांवाला अदालतमा निवेदन दर्ता गर्दै टिममाथि प्रतिपन्ध लगाउन माग गरेका हुन् ।  उनले निवेदनमा चयन समितिलाई बर्खास्त गर्नुपर्नेसमेत माग गरेका छन् । पाकिस्तान भारतसंग ८९ रनले पराजित भएको थियो । यो पाकिस्तानको विश्वकपमा ७–० को हारको रेकर्ड थियो ।  हारपछि पाकिस्तानले आलोचना खेप्दै आएको छ । भारत… पुरा पढौ

टप्सलाई राष्ट्रपति रनिङ शिल्ड

पोखरा महानगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि टप्स इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । पोखरा महानगरपालिकाको आयोजनामा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७६ को उपाधि टप्सले आफ्नो पोल्टामा पार्न सफल भएको हो । २०७६ जेठ ३१ गतेदेखि असार २ गतेसम्म पोखरा रङ्गशालामा आयोजना गरिएको सो प्रतियोगितामा पोखरा महानगरभित्रका संस्थागत र सरकारी गरी सयभन्दा बढी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा उसु, एथ्लेटिक्स, छात्र÷छात्रा… पुरा पढौ

टी–२० विश्वकपका लागि नेपाली खेलाडी छनोट

सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्पकप एसियाली देशको छनोट खेलका लागि २५ सदस्यीय नेपाली राष्ट्रिय प्रारम्भिक खेलाडी टोलीको छनोट गरिएको छ । जुलाई २० देखि २८ तारिखसम्म सञ्चालन हुने खेलका लागी आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो । प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बिहिबारदेखि बन्द प्रशिक्षणमा राखिनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर,… पुरा पढौ

विश्वकपमा बंगलादेशको कीर्तिमान, वेष्ट इन्डिज ७ विकेटले पराजित

इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेशले कीर्तिमानी जित निकालेको छ । विश्वकपमा ३२२ रनको विजयी लक्ष्य बंगलादेशले दोस्रो पटक पूरा गरेर कीर्तिमान बनाएको हो ।  यसअघि सन् २०१५ मा बंगलादेशले स्कटल्याण्डविरुद्धको खेलमा पनि ३२२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गरेको थियो । सबैभन्दा बढी रनको लक्ष्य पूरा गर्ने कीर्तिमान आयरल्याण्डको नाममा छ ।  आयरल्याण्डले सन् २०११ मा इंगल्याण्ड विरुद्ध २२९ रनको लक्ष्य ७ विकेटको नोक्सानीमा पूरा गरेको थियो… पुरा पढौ

१३ औं सागको बजेट पाँच अर्ब २६ करोड

१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५, २६, ५७, ४२, ६७०.७३ (पाँच अर्ब २६ करोड ५७ लाख ४२ हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) को बजेट प्रस्तुत गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच… पुरा पढौ

रियल मड्रिडका कप्तान बैवाहिक बन्धनमा,कोसंग गरे विवाह ?

स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस बैवाहिक बन्धनमा बाँधिएका छन् । उनले लामो समय देखि प्रेम सम्बन्धमा रहकी प्रेमिका तथा टेलिभिजन प्रस्तोता पिलार रुबीयोसँग विवाह गरेका हुन् । शनिबार विशेष समारोहको आयोजना गर्दै रामोस र पिलारले बैवाहिक सम्बन्धमा बाँधिए । सेभियाको क्याथाड्रलमा भएको विवाहमा स्टार खेलाडीका साथै केही कलाकारको सहभागिता हरेको थियो । यसका साथै मिडियाहरुको पनि उपस्थिति रहेको थियो । रामोसको विवाहमा चार सयभन्दा बढि मानिसको सहभागिता रहेको… पुरा पढौ

वेष्ट इन्डिज र बंगलादेश भिडन्त आज, को बलियो ?

विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले बंगलादेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ । बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै जित हात पारेको थियो । तर दोस्रो खेलमा अष्ट्रेलियासँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं