ताजा समाचार

असार ४ गते २०७६

विश्वकपमा आज बलियो न्युजिल्यान्डविरुद्ध को उत्रिदै छ मैदानमा ?

एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविच मैदानमा प्रतिस्पर्था हुदैछ ।

न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतियोगिता सुरु हुनुअघिका उपाधि दाबेदार टोलीहरू हुन् ।
न्युजिल्यान्डले आफ्नो त्यही छवि कायम राखेको छ । प्रतियोगितामा चार खेल खेल्दा न्युजिल्यान्डले आफूलाई अपराजित राखेको छ ।

चारमध्ये तीन खेलमा जित हात पार्दा भारतविरुद्धको एक खेल वर्षाले अवरुद्ध बनेको थियो । त्यसको ठीक उल्टो दक्षिण अफ्रिकाले भने निरन्तर पराजय बेहो¥यो । पाँचौ खेलमा आएपछि मात्रै दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै पहिलो जित हात पारेको छ ।

त्यसैले यो खेलमा न्युजिल्यान्डले आफ्नो निरन्तर जितको यात्रालाई कायम राख्ने प्रयास गर्ने छ भने दक्षिण अफ्रिकाले आफ्नो पछिल्लो जितको लयलाई कायम राख्ने प्रयास गर्ने छ ।