आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज ९बुधबार० साँझ साविक विजेता अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया बलियो टोली हो ।
एक पटक विश्वकप उपाधिको स्वाद चाखेको पाकिस्तान पनि अस्ट्रेलियालाई हराउने दाउमा छ ।
विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ ।
विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ । काउन्टी ग्राउन्डमा यी दुई टोलीबीचको भिडन्त रोचक हुनेछ ।






