समाज

बागलुङ बजारमा दुईदिन देखि खानेपानीको हाहाकार

बागलुङ बजारमा दुई दिनदेखि खानेपानी नआउँदा बजारबासीमा हाहाकार मच्चिएको छ । बजारमा आउने खानेपानीको मुहानबाट हिलो पानी आउँदा स्थानीयहरु खानेपानी लिन बजार बाहिर जानुपर्ने बाध्यता परेको छ । गत आइतबार र सोमबार धारामा धमिलो पानी आए पनि मंगलबारदेखि पानी आउन छाडेको स्थानीयहरुले गुनासो गरेका छन् । धारामा पानी आउन छाडेपछि बजारबासीहरु बागलुङ नगरपालिका वडा नम्बर–९ तित्याङमा पानी लिन जानेहरुको घुइँचो बढ्न थालेको छ । बागलुङ बजारको गुठी, बसपार्क लगायतका स्थानहरुबाट… पुरा पढौ

अन्नपूर्ण लायन्स क्लबमा प्रदीपकुमार

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको बर्ष २०१९/०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा प्रदीप कुमार राजभण्डारी चयन भएका छन् । यसैगरी क्लबको प्रथम उपाध्यक्षमा डा.गोपीलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सूर्यप्रसाद बराल, तृतीय उपाध्यक्षमा विजय पौडेल, सचिवमा गणेश छवी, सहसचिवमा विष्णुकुमार गुरुङ र कोषाध्यक्षमा लेखराज हमाल चयन भएका छन् । यसैगरी क्लबको टेमरमा सुरेश गुरुङ, पिराओमा हुमबहादुर गुरुङ टेलट्वीष्टर सुमन थापा, क्लब एडमिनिस्ट्रेटरमा कृष्णप्रसाद श्रेष्ठ, सदस्यता निर्देशक रबिन्सन… पुरा पढौ

लालीगुराँसको पात विषालु !

सबै गुराँसका पाते विषालु हुने वनस्पति विज्ञले बताएका छन् । गुराँसको फूलबाट बनेको महसमेत विषालु नै हुने वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले बताए । गुराँस र अंगेरीको रस चुसेर मौरीले मह बनाएको रहेछ भने त्यसले मात लाग्ने उनले बताए । गुराँसको पालुवा आएका बेलामा गाईवस्तुले खायो भने मर्ने उनको भनाइ छ । पछिल्लो समयमा गुराँसको जुस बनाएर खाने चलन भएको भन्दै उनले यसको विषादीका बारेमा भने परीक्षण नभएकाले जुस बनाएर… पुरा पढौ

जीप दुर्घटनाका घाईतेलाई सहयोगको अपिल

बाँग्लुङ्ग जीप दुर्घटनामा घाईतेलाई उपचारमा आर्थिक सहयोग गरिदिन नेपाल परिवार दलले सबैमा अपिल गरेको छ । दुई महिना अगाडि बाँग्लुङ्ग जिल्लाको जैमनी न.पा बडा.नं ८ छिस्तीमा भएको जीप दुर्घटनामा घाईते भएकी सम्झना पुनको उपचारका लागी दलले आर्थिक सहयोग गर्न अपिल गरेको हो । घाईते पुनको बाँसबारी स्थीत वेलनेस हस्पीटलमा उपचारत छिन् । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगा बहादुर पुनलाई सहयोग… पुरा पढौ

तनहुँ भिमादका चार जना युवाद्धारा जवरजस्ती करणी

पोखरामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तनहुँ भिमादका चार जना युवालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको एकक क्लबमा गएकी युवतीलाई लेकसाइडकै एक होटलमा लगी जबरजस्ती करणी गरेको युवतीको उजुरीपछि उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राजन गैह्रे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन। जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङका अनुसार चारै जनाले आरोप स्वीकार गरिसकेका छन । चारै जनामाथी जबर्जस्ती करणीको मुद्धा… पुरा पढौ

घान्द्रुक स्थित मौलाकोट मन्दिरको विधिवत उद्घाटन

अन्नपूर्ण गाउँपालिका–१० स्थित नवनिर्मित मुगुल बराह तथा मौलाकोट मन्दिरको विधिवत रुपमा उद्घाटन भएको छ। तीन सय वर्ष अघिको ऐतिहासिक धरोहरको रुपमा रहेको उक्त मन्दिरको चैत्र शुक्ल अष्टमीको अवसरमा विशेष कोट पूजासहित मौलाकोट मन्दिरका जग्गादाता कणेर्ल जगबहादुर गुरुङले उद्घाटन गरेका हुन्। स्थानीय जनसहयोग तथा मन्दिर पुनःनिर्माण समिति संयोजकद्वय पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता टेकबहादुर गुरुङ र नयाँसडक सुधार समिति पोखराका अध्यक्ष नन्दाकुमारी गुरुङसहितको सक्रियतामा मन्दिर पुनःनिर्माण भएको हो। त्यस अवसरमा… पुरा पढौ

सर्वाेच्च शिखर सगरमाथामा चीनको शौचालय

चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शौचालय बनाइदिन लागेको हो । पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक चिनियाँ शिविरमा राखिने छ ।  पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ।  ठूलो धनराशी खर्च गरेर सगरमाथा चढ्न पुग्ने पर्वतारोहीले फोहोर व्यवस्थापनमा भने खासै चासो नदिने… पुरा पढौ

मिसनमा जाने सशस्त्र प्रहरीको १५० डलर काट्ने व्यवस्था खारेज

मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ । मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, पूर्वसशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्नुगर्ने रकम खारेज भएको हो । बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५र३५ र खुलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको बताए । अतिरिक्त महानिरीक्षक… पुरा पढौ

रिभान जाने बाटो बाह्रै महिना चल्ने बनाऔं –गापा अध्यक्ष गुरुङ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ स्थित रिभान ग्रामीण सडक सञ्चालनमा आएको छ । २०७२ सालमा ट्रयाक खोलिएको पातीखोलादेखि रिभान हुँदै पुरानो रिभानसम्मको करिब ७ किलोमिटरको उक्त सडक शनिबारदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले पुरानो रिभान गाउँ पुनःस्र्थापना गर्नुपर्नेमा जोड दिए। साथै उनले ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै अबको समृद्घि उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । सदस्य बरालले इमान गुरुङले… पुरा पढौ

लमजुङमा जीप दुर्घटना हुदा १ जनाको मृत्यु

लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा आज जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । २१ जना यात्रु लिएर दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप लाङ्दीखोलामा दुर्घटना भएको थियो ।  घाईते मध्ये ४ जना जिल्ला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं