समाज

लमजुङमा जीप दुर्घटना हुदा १ जनाको मृत्यु

लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा आज जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । २१ जना यात्रु लिएर दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप लाङ्दीखोलामा दुर्घटना भएको थियो ।  घाईते मध्ये ४ जना जिल्ला… पुरा पढौ

मुस्ताङको कोवाङमा स्वर्गिय ओम विकास गौचनको नाममा चोकको नामाकरण

मुस्ताङ । ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक राखिएको हो । गौचन पूर्व सांसद समेत हुन् । गौचनको १३औं स्मृति दिवस पारेर एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले चोकमा राखिएको बोर्डको अनावरण गरेका हुन् । कार्यक्रममा बोल्दै बस्नेतले स्वर्गीय गौचन प्रति श्रद्वाञ्जली… पुरा पढौ

आजको मौषम सम्बन्धि मौषमविदले दिए यस्तो जानकारी

आज (सोमबार) देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको छ । अपराह्नपछि पूर्वी र मध्य भेगका केही र पश्चिमको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिएकी छन् । आगामी तीन दिनसम्म पूर्णरूपमा मौसम खुल्ने सम्भावना नरहेको ,तर त्यस्तो डरलाग्दो हावाहुरीको सम्भावना… पुरा पढौ

सालीले हाने भिनाजुलाई सिस्नो-पानी

आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने… पुरा पढौ

ओम शान्ति जोमसोमद्धारा नव वर्ष सुभ– कामना आदानप्रदान

ब्रम्हकुमारी राजयोग ओम शान्तिले आज नयाँ वर्ष सुभारम्भको अवसर पारेर एक सुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । जोमसोम स्थित ओम शान्ति आश्रममा भएको सुभ–कामना आदानप्रदान,स्नेहमिलन तथा सशवध्वजारोह कार्यक्रममा घरझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका अगुवा,शिक्षक,कर्मचारी र ओम शान्तिमा आवद्ध सदस्य लगायतको उपस्थिती रह्यो ।कार्यक्रममा ओम शान्तिका कृष्ण मगरले मानव जिवन संम्वन्धि दर्शनको प्रवचन सुनाए । उनले नयाँ वर्षले समस्त मनुष्य जगतलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस ,खराब आचरण र… पुरा पढौ

मुक्तिनाथमा हाईअल्टिच्युड बिरामीलाई उपचारको अभाव

पोखरा भद्रकालीकी प्रीति गुरुङ आफ्ना सहकर्मी साथीसहित सोमबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आईन् ।पोखरा देखि स्कर्भियो जीप लिएर मुस्ताङ आएका उनीहरु सोही दिन जोमसोममै बसे । भोलीपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्न पुगेका उनीहरु दिउँसो हस्याङफस्याङ गर्दै जोमसोम अस्पताल झरे । अस्पताल आएका उनीहरु आकस्मिक कक्षमा पुगे ।यसको कारण थियो प्रीतिलाई हाईअल्टिच्युड अर्थात लेक लागेर बिरामी परेकी रहिछन् ।उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरियो ।केहीबेरमै होस आएपछि उनी निको भईन् । प्रीतिका… पुरा पढौ

६५ वर्षका वृद्धले १५ वर्षकी किशोरी भगाउँदा…

भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले १५ वर्षकी किशोरीलाई भगाएका छन् । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको छ। अन्सारीले डेढ महिनाअघि सितामढी जिल्ला ग्राम पञ्चायत महादेवपट्टी १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाइफकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए। इलाका प्रहरी कार्यालय गौशालाको टोलीले किशोरीको उद्धार गरेको थियो। किशोरीलाई परिवारजनको जिम्मा लगाइएको छ । अन्सारीले विवाहको प्रलोभन… पुरा पढौ

पोखरामा महानगर स्तरीय योग केन्द्रको आवाश्यकता – बास्तोला

श्री गणेश योग केन्द्र पोखरा—४ ले बुधबार पहिलो वार्षीकोत्सव मनाएको छ । गणेश गुठी पोखरामा भएको केन्द्रको पहिलो वार्षीकोत्सव कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले महानगर स्तरीय योग केन्द्र स्थापनाका लागी आवाश्यक पहल गर्ने बताउनुभयो । पोखरामा योग प्रेमीहरुको संख्या बढ्दै जाँदा उपयुक्त र व्यवस्थित योग केन्द्रको आवाश्यकता तड्कारो बनेको उहाँले उल्लेख गर्नुभयो । परिवर्तनका लागी आसन, भाषण र सम्मानलाई त्याग्नु पर्नेमा उहाँले… पुरा पढौ

बाबालाई चिट्ठी लेखेर छोराछोरी र आमाले एकै साथ गरे आत्महत्या, यसो भन्छन छिमेकी

चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । गत विहिबार ३४ वर्षीया माया आलेमगरसँगै उनको १५ वर्षिया छोरी विनिता मगर र १३ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेका हुन्। घट्ना हुँदा मायाका श्रीमान भने राजधानी मै थिए।मृतक मायाको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मी, काठमाडौँमा कार्यरत छन्। घरभित्र एकै स्थानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा छिमेकिले देखेका थिए। छिमेकी भुवन प्रसाद… पुरा पढौ

७० वर्षीयाले पाइन् घरमै नागरिकता

शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाएकी छन् । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उनले अब भोट हाल्ने चाहना पूरा भएको बताइन् । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उनले भनिन्, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता पाएँ, छोराछोरी सबैको नागरिकता थियो, मतदान गर्नेदेखि सबै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं