मुस्ताङको कोवाङमा स्वर्गिय ओम विकास गौचनको नाममा चोकको नामाकरण

मुस्ताङ । ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक राखिएको हो । गौचन पूर्व सांसद समेत हुन् ।


गौचनको १३औं स्मृति दिवस पारेर एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले चोकमा राखिएको बोर्डको अनावरण गरेका हुन् । कार्यक्रममा बोल्दै बस्नेतले स्वर्गीय गौचन प्रति श्रद्वाञ्जली व्यक्त गर्दै सरल स्वभाव भएका गौचनले मुस्ताङको विकासमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।


कार्यक्रममा वोल्दै प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले मुस्ताङले एक समाजसेवी एवं अभिभावक गुमाएको बताइन् । उनले स्वर्गिय शेरचनले मुस्ताङको समग्र विकास तथा शिक्षा क्षेत्रमा गरेको कामको मुस्ताङबासीले सधै सम्झिरहने बताइन् ।


श्रीमाया थकाली र महेन्द्र शेरचनको निर्वाचन क्षेत्र विकास कोष २०७२÷७३ बाट ६ लाख ५५ हजार रुपैयाँको लागतमा २०७३ सालमा चोकमा गौचनको शालिक निर्माण गरिएको थियो ।

सो शालिक भएको स्थानलाई नै ओम विकास चोक नामाकरण गरिएको ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष सवि गौचनले जानकारी दिइन् ।