आजको मौषम सम्बन्धि मौषमविदले दिए यस्तो जानकारी

आज (सोमबार) देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको छ ।

अपराह्नपछि पूर्वी र मध्य भेगका केही र पश्चिमको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिएकी छन् ।

आगामी तीन दिनसम्म पूर्णरूपमा मौसम खुल्ने सम्भावना नरहेको ,तर त्यस्तो डरलाग्दो हावाहुरीको सम्भावना भने नरहेको उनले बताइन् । यो मौसम बदली स्थानीय वायु र बंगागलको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले भएको हो ।

भोलि मंगलबार यो भन्दा अलि शक्तिशाली पश्चिमी वायुको प्रवेश हुने मौसमविद् नगरकोटीले जानकारी दिइन् ।