भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले १५ वर्षकी किशोरीलाई भगाएका छन् । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको छ।
अन्सारीले डेढ महिनाअघि सितामढी जिल्ला ग्राम पञ्चायत महादेवपट्टी १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाइफकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए। इलाका प्रहरी कार्यालय गौशालाको टोलीले किशोरीको उद्धार गरेको थियो।
किशोरीलाई परिवारजनको जिम्मा लगाइएको छ । अन्सारीले विवाहको प्रलोभन दिएर किशोरीलाई ल्याएको र सँगै बस्दै आएको प्रहरीले जनाएको छ ।




