पोखरामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तनहुँ भिमादका चार जना युवालाई पक्राउ गरेको छ ।
पोखराको लेकसाइडमा रहेको एकक क्लबमा गएकी युवतीलाई लेकसाइडकै एक होटलमा लगी जबरजस्ती करणी गरेको युवतीको उजुरीपछि उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राजन गैह्रे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङका अनुसार चारै जनाले आरोप स्वीकार गरिसकेका छन । चारै जनामाथी जबर्जस्ती करणीको मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ।
धादिङ घर भएकी २२ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथी सामूहिक बलत्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन ।




