मिसनमा जाने सशस्त्र प्रहरीको १५० डलर काट्ने व्यवस्था खारेज

मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।

मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, पूर्वसशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्नुगर्ने रकम खारेज भएको हो ।

बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५र३५ र खुलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको बताए ।

अतिरिक्त महानिरीक्षक ९एआईजी० नारायणबाबु थापाको अध्यक्षतामा रहेको केन्द्रको सञ्चालक समितिले पेश गरेको प्रस्ताव अनुरुप अतिरिक्त शुल्क तिर्नुपर्ने नियम खारेज भएको हो ।