लालीगुराँसको पात विषालु !

सबै गुराँसका पाते विषालु हुने वनस्पति विज्ञले बताएका छन् । गुराँसको फूलबाट बनेको महसमेत विषालु नै हुने वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले बताए । गुराँस र अंगेरीको रस चुसेर मौरीले मह बनाएको रहेछ भने त्यसले मात लाग्ने उनले बताए ।

गुराँसको पालुवा आएका बेलामा गाईवस्तुले खायो भने मर्ने उनको भनाइ छ । पछिल्लो समयमा गुराँसको जुस बनाएर खाने चलन भएको भन्दै उनले यसको विषादीका बारेमा भने परीक्षण नभएकाले जुस बनाएर खान विभागले सिफारिस नगर्ने बताए ।

गाउँमा माछाको काँडा अड्किएको बेलामा गुराँस खाने चलन छ । घाँटी दुखेको बेलामा पनि गुराँसको फूल खाने गरिन्छ ।