चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट कटारी नगरपालिका आठ बबलामा ३७ वर्षीय कालीमाया आले मगरको मृत्यु भएको हो।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ९एसपी० चन्द्रदेव राईले जानकारी दिए। मगरको शव परीक्षणको लागि कटारी अस्पताल पुयाएको छ।
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढीको घरको छानो उडाएको छ।




