जीप दुर्घटनाका घाईतेलाई सहयोगको अपिल

बाँग्लुङ्ग जीप दुर्घटनामा घाईतेलाई उपचारमा आर्थिक सहयोग गरिदिन नेपाल परिवार दलले सबैमा अपिल गरेको छ ।

दुई महिना अगाडि बाँग्लुङ्ग जिल्लाको जैमनी न.पा बडा.नं ८ छिस्तीमा भएको जीप दुर्घटनामा घाईते भएकी सम्झना पुनको उपचारका लागी दलले आर्थिक सहयोग गर्न अपिल गरेको हो । घाईते पुनको बाँसबारी स्थीत वेलनेस हस्पीटलमा उपचारत छिन् ।

नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगा बहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दलले पुनको उपचारको लागि तीस हजार रुपैयाँ सहयोग गरेको छ ।

पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्य सुधारोन्मुख रहेको छ । उनि अहिले सामान्य हिडन बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापी लगायतको बिधिबाट उपचार गर्नु पर्ने बताईन् ।

आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि बिदेशबाट र केही आर्थिक सहयोग आएको बिरामीका दाजु गंगा बहादुर पुनले बताए ।