समाज

मुस्ताङ ःलक – डाउन अवधिमा आपत्कालिन सेवा,रमेशले बुझाए सिडिओलाई जिपको चाँवी

हालै उत्पन्न नोवल कोरोना – कोभिड–१९ ) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले आज बुधबार देखि मुलकभर एक साताका लागि लक डाउन गरेको छ । लक डाउनसंगै अहिले देश ठप्प छ ,जनता त्रासमा छन् । सरकारले कोरोना नफैलियोस् भन्ने उद्देश्यले लक डाउन गरेको हो । यस अवधिभर मुलुकभर चल्ने सार्वजनिक तथा निजी यातायातका साधन चलाउन नपाईने उल्लेख गरेको छ । सरकारले दैनिक अतिआवश्यकीय सेवा बाहेक अन्य प्रयोजनमा सवारी चलाउन बन्देज… पुरा पढौ

कोरोना त्रास ः धमाधम घर फर्किए मुस्ताङी

विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोग संक्रमण रोग देखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा समेत यस रोगको महामारी फैलिएकाले महामारीबाट बच्न मुस्ताङीहरु धमाधम काठमान्डौं पोखरा,बुटवल र भेरहवा लगायतका स्थानबाट पूख्यौलीथलो फर्किएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङका तेन्जिङ गुरुङ हाल काठमान्डौ स्वम्भु बस्छन् । उनी सोमबार आफना १४ जना गुम्बाका… पुरा पढौ

कोरोनाले बित्यास !

विश्वका १ सय १४ भन्दा बढी देशहरुमा हाल देखिएको माहामारी कोभिड–१९ नोवल कोरोना भाईरसको संम्भावित संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले आज बुधबार देखि शिङ्गो मुलुक लकडाउन गरेको छ । सरकारले देश लक डाउन गरेसंगै सर्वसाधरण घरभित्रै सुरक्षित क्वारेन्टाईनमा बस्ने अवस्था आएको हो । कोरोनाले विश्वभर १४ हजार बढीको ज्यान गईसकेको छ ,भने छिमेकी देश भारतमा समेत यसको प्रभाव बढेको छ । नेपालमा पनि हालसम्म २ जना कोरोना संक्रमित भएको पुष्टि… पुरा पढौ

लक डाउन मुक्तिनाथ मन्दिर किन खुल्ला ?

विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९¬) संक्रमण फैलिने अवस्थालाई मध्यनजर गरी मुक्तिनाथ विकास समितिले सोमबार देखि लागु गरेको मुक्तिनाथ मन्दिर लक डाउन निर्णय मन्दिरकै पुजारी र आनी झुमाका कारण उल्लंघन भएको पाईएको छ । आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले सोमबार देखि लागु हुने गरी मुक्तिनाथ मन्दिर पूर्ण रुपमा प्रबेश गर्न रोक लगाईने निर्णय गरेको थियो ।तर , उक्त निर्णय पहिलो दिनमै कार्यान्वयनमा नआई फितलो बनेको हो… पुरा पढौ

वडाध्यक्षलाई कार्यकक्षमै जातीय विभेद र कुटपिट

कालिकोटको नरहरिनाथ गाउँपालिका ७ का दलबहादुर बुढाले सोहि वडाका अध्यक्ष दलबहादुर विश्वकर्मालाई कुटपिट गरेका छन् । छुवाछुत गरेको भन्दै बुढाले विश्वकर्मालाई कुटेका हुन् । बुढाले फागुन २९ गते वडा कार्यलयमै विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज गरेका थिए । बुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै वडाध्यक्ष विकले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गरेका छन् । वडाकै पूर्व प्राविधिक बुढाले ५ वर्षअघि लोकसेवाबाट नाम निकालेर गाउँपालिकाका प्राविधिक बनेका… पुरा पढौ

अविवाहित केटीलाई मोबाइल बोक्न रोक

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले यस्तो निर्णय गरेको हो । कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि यस्तो निर्णयमा पुगिएको वडाध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए । १३, १४ वर्षमै युवतीहरुले भागी बिहे गर्ने क्रम बढेपछि अभिभावकको गुनासोको आधारमा यस्तो निर्णय गर्नुपरेको पटेलको दाबी छ । विवाह नभएका केटाहरु घरबाहिरको काममा हुने भएकाले उनीहरुलाई भने प्रतिवन्ध नलगाइएको… पुरा पढौ

विमानस्थल कोरोना हेल्थ डेस्कलाई काँग्रेस भाृतसंगठनको उपकरण सहयोग

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ मुस्ताङले शनिवार जोमसोम विमानस्थलमा संञ्चालन भएको कोरोना हेल्थ हेस्कलाई जरो नाप्ने उपकरण सहयोग गरेको छ । विश्वका १ सय २४ भन्दा बढी राष्ट्रमा फैलिएको नोवल कोरोना – कोभिड –१९ ) संक्रमण जिल्लामा प्रवेश गर्न नपाओस भन्ने उद्देश्यले संञ्चालन गरिएको हेल्थ डेस्कलाई करिव १३ हजार मुल्य बराबरको जरो नाप्ने डिजिटल थर्मोमिटर सहयोग गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको हेल्थ… पुरा पढौ

हेल्थ डेस्क स्थापना गछौं ः अध्यक्ष फेञ्चोक छेप्तेन

विश्वभर फैलिएको नोवल कोरोना भाईरस ¬(कोभिड–१९ ) रोकथामका लागि हेल्थ डेस्क स्थापना गरिने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ –धाराले बताएका छन् । अध्यक्ष छेप्तेनले मंगलबार फेसबुक भिडियोमा जतिसक्दो चाडो हेल्थ डेस्क प्रक्रियालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्यक्ष छेप्तेनले स्थानीय प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको बहुसरोकारवाला बैठकले गरेको निर्णयलाई स्वागत गर्दै अबिलम्ब हेल्थ डेस्क संञ्चालन तर्फ पहल गर्ने जनाएका हुन् । उनले… पुरा पढौ

कोरोनाबाट सचेत रहन मुस्ताङ प्रशासनको अनुरोध

उत्तरी छिमेकी देश चिनको वुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोना अर्थात कोभिड–११ ले विश्व समुदायलाई प्रभावित तुल्याएको छ । विश्वव्यापी फैलिएको कोरोनाले हालसम्म ३ हजार बढीको ज्यान गईसकेको छ । विश्वका १ सय ४ देशमा कोरोना देखिएको हो । नोवल कोरनासंग लड्न अहिले विश्वका सबैजसो देशले आफ्नै प्रकारले कोरोना नियन्त्रण गर्न रणनीती बनाई रहेका छ । विश्व स्वास्थ्य संगठन ( डब्लु. एच. ओ. )ले नेपाल कोरनाको उच्च जोखिममा रहेको जनाएपछि… पुरा पढौ

कोरोना संक्रमण रोक्न मुस्ताङ पनि तातियो

पछिल्लो समय विश्वकै चिन्ताको बिषय बनेको नोवल कोरोना भाईरस (कोभिड–१९ ) संक्रमण रोक्न हिमाली जिल्ला मुस्ताङमा पनि तातिएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको बढी मात्रामा आगमन हुने भएकाले यसको उच्चसर्तकता अपनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा कोरोना भित्रिन नदिन रणनितिक आधार तयार पारेका छन् । जिल्लाका ५ वटै गाउँपालिकाका जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकाय सम्मिलित बैठकले ३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं