चैत्र ६ गते २०७६

ताजा समाचार

चैत्र ६ गते २०७६

वडाध्यक्षलाई कार्यकक्षमै जातीय विभेद र कुटपिट



कालिकोटको नरहरिनाथ गाउँपालिका ७ का दलबहादुर बुढाले सोहि वडाका अध्यक्ष दलबहादुर विश्वकर्मालाई कुटपिट गरेका छन् ।

छुवाछुत गरेको भन्दै बुढाले विश्वकर्मालाई कुटेका हुन् । बुढाले फागुन २९ गते वडा कार्यलयमै विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज गरेका थिए । बुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै वडाध्यक्ष विकले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गरेका छन् ।

वडाकै पूर्व प्राविधिक बुढाले ५ वर्षअघि लोकसेवाबाट नाम निकालेर गाउँपालिकाका प्राविधिक बनेका छन् ।

प्रहरीको टोलीले बुढालाई पक्राउ गरेको छ ।