अविवाहित केटीलाई मोबाइल बोक्न रोक

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाइएको छ ।

बुधबार बसेको वडास्तरको बैठकले यस्तो निर्णय गरेको हो । कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि यस्तो निर्णयमा पुगिएको वडाध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए ।

१३, १४ वर्षमै युवतीहरुले भागी बिहे गर्ने क्रम बढेपछि अभिभावकको गुनासोको आधारमा यस्तो निर्णय गर्नुपरेको पटेलको दाबी छ । विवाह नभएका केटाहरु घरबाहिरको काममा हुने भएकाले उनीहरुलाई भने प्रतिवन्ध नलगाइएको पटेलले बताए ।