समाज

मुस्ताङः लक डाउनले बिक्दैन दुध

एसके थकाली जोमसोम–मुलुक ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न लक डाउन छ । मुस्ताङका पशुपालक किसानलाई लक डाउनले समस्या परेको छन् । किसानले उत्पादन गरेको दुध जोमसोममा बिकेको छैन । मुस्ताङको घरपझोङ–३ स्याङ गाउका किसान लकडाउनको घाटा सहदै छन् । जिल्लाकै नमूना कृषि गाउ स्याङमा अधिकाशले खेतीपाती र पशुपालन गरेका छन् । स्याङमा करिव ३० घरधुरीको ९० वटा बढी जर्सी गाई छ। ठिनी गाउमा पनि केही किसानले गाई पालेका… पुरा पढौ

क्वारेन्टाईन बस्न मानेनन् लोमान्थाङका प्रशासकीय अधिकृत

विश्व प्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ –५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समिति समेत गठन गरेका छन् । कोरोना रोकथाम समितिले लोमान्थाङ गाउपालिकाका लागि गत माघमा रवाना लिएका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल पहिलो पटक लोमान्थाङ पुग्दा स्थानीय युवाले ७ दिन क्वारेन्टाईनमा बस्न अनुरोध गरे । तर प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

करिडोरको गाडी कहिले म्याग्दी कहिले मुस्ताङ

नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न अहिले मुलुक पुरै लकडाउनमा छ । कोरोना भाईरस जस्तो माहामारी नफैलियोस भनेर सरकारले उच्चसर्तकता अपनाउन लक डाउन गरेको हो । सरकारले विभिन्न जिल्लाका स्थानीय प्रशासनले दिदै आएको विशेष पासको व्यवस्था खारेज गरेको छ। उपल्लो मुस्ताङी जनता लक डाउनले पोखरामा बिचल्ली छन् । उनीहरुले राज्यले गरेको नियमलाई पालन गर्दै क्वारेन्टाईनमा बसेका छन् । मुस्ताङको घासामा ७ जना र घरपझोङको स्याङमा २… पुरा पढौ

मुस्ताङमा सुरक्षा निकायले छर्कियो क्लोरिन

हिमालपारीको जिल्ला मुस्ताङमा कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न जिल्ला स्थित सुरक्षा निकायको टोलीले क्लोरीन छर्किएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार भाईरस तथा ब्याकेटेरिया लगायतका जिवाणु नष्ट गर्न डिसईन्फेक्सन क्लोरीन झोल औषधि छर्किएका हुन् । गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली ,सिडिओ वेदप्रकास अर्याल लगायतको रोहबारमा सुरक्षा टोलीले घरपझोङ ३ र ४ वडामा रहेको २० शैयाको क्वारेन्टाईन… पुरा पढौ

मुस्ताङः जिग्मे फाउन्डेसनको सहयोग ( पीपीई ) सामाग्री

हिमालपारीको जिल्ला मुस्ताङमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण आईपुगेको छ । कोरोना संक्रमित बिरामीको उपचारलाई सहज पु¥याउन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामाग्री बिहिबार मुस्ताङ आएको हो । अमेरिकन हिमालयन फाउन्डेसन मार्फत संञ्चालित जिग्मे फाउन्डेसनले जिल्लाका विभिन्न सामाजिक,सांस्कृतिक र विपन्न वालवालिकाको शैक्षिक उत्थानमा लगानी गर्दै आईरहेको छ । संस्थाले पछिल्लो समय विश्व ब्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न र जिल्लाका स्वास्थ्यकर्मीलाई… पुरा पढौ

कोभिड–१९ रोकथाममा जनचेतना फैलाउदै सशस्त्र

सशस्त्र प्रहरीबल मुस्ताङले हिमाली जिल्ला मुस्ताङमा नोवल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यका लागि जनचेतनामूलक अभियान संञ्चालन गरेको छ । सशस्त्रले अभियानसंगै कोरोना स्वास्थ्य परीक्षण लगायतको कार्यक्रम गरेको हो । सशस्त्रले लक डाउन अवधिमा मुस्ताङका विभिन्न गाउमा पुगेर माईकिङ गर्ने कामलाई निरन्तरता दिईएको छ । नागरिकलाई अडियो टेप बजाएर कोरोना भाईरसबारे सचेत गराईएको हो । सशस्त्रले थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा दिनहु माईकिङ गर्ने गरेको सशस्त्र प्रनाउ आनन्द थापामगरले जानकारी… पुरा पढौ

राउटे भन्छन्ः जङ्गलका राजालाई शहरको महामारीले छुँदैन

‘कोभिड-१९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । तीमध्ये हजारौँ व्यक्ति गम्भीर स्वास्थ्य अवस्थाकाबिच अस्पतालमा उपचाररत छन् । यो महामारीको रोकथाम र नियन्त्रणका लागि विश्वजगत प्रयासरत रहँदा नेपालले पनि यसको रोकथामका प्रयास जारी राखेको छ । रोकथाम र नियन्त्रणको प्रयासस्वरुप… पुरा पढौ

लक डाउन छल्दै सरकारी गाडी दुरुपयोग

उपल्लो मुस्ताङ स्थित लोमान्थाङ–५ का युवाले बुधबार २ वटा सरकारी गाडी रोकेका छन् । लक डाउन समयमा सरकारी गाडी दुरुपयोग गरी चलाएको भन्दै युवाहरुले कालिगण्डकी करिडोर ,बेनी÷जोमसोम÷कोरला सडक आयोजनाको २ वटा सरकारी गाडीलाई लोमान्थाङबाटै फर्काएका हुन् । बुधबार करिडोर सडकको उक्त २ वटा गाडी म्याग्दीको तातोपानीबाट उपल्लो मुस्ताङको उत्तरी कोरलानाका हेर्न लोमान्थाङ पुगेको थियो । युवाहरुले करिडोरको सरकारी गाडी लक डाउनको अवज्ञा गरी चलाएको भन्दै लोमान्थाङबाट माथि जान रोक लगाए… पुरा पढौ

सांसदले दिए मजदुरलाई राहत

विश्वमै फैलिदै गएको नोवल कोरोनो भाईरस ( कोभिड–१९¬) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि मुस्ताङमा कार्यरत मजदुर बिचल्लीमा छन् । लकडाउनले दैनिक ज्याला मजदुरी काम गर्न नपाएपछि काम गर्ने जिल्ला बाहिरका मजदुरलाई समस्या परेको हो । जिल्लामा काम गर्ने मजदुरको दैनिकी असहज बनेपछि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले राहत उपलब्ध गराएका छन् । सघीय सांसद तुलाचनले ४ सय २० केजी चामल ,दाल ६० केजी र नुन २५ केजी उपलब्ध… पुरा पढौ

मुस्ताङको पुथाङ एअरपोर्टमा किटनाशक औषधि

धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको विभिन्न गाउमा स्थानीयले डिसईन्फेक्सन किटनाशक औषधि छर्किएका छन् । पछिल्लो समय विश्वमै माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्थानीयले किटनाशक औषधि छरेको बताएका छन् । मंगलबार घरपझोङ गाउपालिका–३ स्थित व्यस्त रहने पुथाङ एअरपोर्ट बजारका गाउसमाज अभियान्ताले एअरपोर्ट बजार र विमानस्थलमा वरपर डिसईन्फेक्सन किटनाश औषधि छर्किएको पर्यटन व्यवसायी सकबहादुर लालचनले जानकारी दिए । उनले व्यवसायीको होटल ,घर ,पसल ,सरकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं