हिमालपारीको जिल्ला मुस्ताङमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण आईपुगेको छ । कोरोना संक्रमित बिरामीको उपचारलाई सहज पु¥याउन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामाग्री बिहिबार मुस्ताङ आएको हो ।
अमेरिकन हिमालयन फाउन्डेसन मार्फत संञ्चालित जिग्मे फाउन्डेसनले जिल्लाका विभिन्न सामाजिक,सांस्कृतिक र विपन्न वालवालिकाको शैक्षिक उत्थानमा लगानी गर्दै आईरहेको छ । संस्थाले पछिल्लो समय विश्व ब्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न र जिल्लाका स्वास्थ्यकर्मीलाई कोरोना उपचार पद्धतीमा सहयोग पु¥याउन करिव ३ लाख बढी मुल्यको कोरोना संम्वन्धि मेडिकल उपचार सामाग्री सौजन्य गरेको हो ।
पस.स्थालेका कोषाध्यक्ष एवं लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले मुस्ताङका ५ वटै पालिकालाई उपकरण सामाग्री वितरण गरेका हुन् । संस्थाले जिल्लाका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई सहज तुल्याउन ७० थान पीपीई मुस्ताङलाई उपलब्ध गराएको कोषाध्यक्ष बिष्टले बताए । उपलब्ध पीपीई मा फेस सिल्ड ,चश्मा ,ग्लोब्स ,क्याप ,माक्स लगायतका छन् ।
संस्थाले उपलब्ध गराएको अन्य सामाग्रीमा ज्वरो नाप्ने डिजिटल थर्मोमिटर ,अक्सिजन पाईप ,सर्जिकल मास्क,सर्जिकल ग्लोब्स ,क्याल्सियम क्लोराईड ,न्याजल क्यानुला ,सेनेटाईजर लगायत छन् ।
मुस्ताङको थासाङ ,घरपझोङ,वारागुङ मुक्तिक्षेत्र ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकालाई कोरोना सामाग्ी वितरण गरिएको हो । यस्तै ,जिल्ला अस्पताल ,सुरक्षा निकाय लगायतका स्वास्थ्य संस्था लगायतलाई पनि सामाग्री दिईएको छ । बिहिबार संस्थाका कोषाध्यक्ष बिष्टले मुस्ताङका सिडिओ वेदप्रकास अर्याललाई उपचार सामाग्री हस्तान्तर गरे ।सिडिओ अर्यालले अहिलेको कोरोना माहामारी जस्तो बिषम अवस्थामा संस्थाले गरेको सहयोग प्रशंसनीय भएको र यसको उचित सदुपयोग हुने बताए । उनले प्राप्त सामाग्री आवश्यकता पहिचान गरेर वितरण गरिने जानकारी दिए । यस्तै , कोषाध्यक्ष बिष्टले मुस्ताङबासीको सुख दुख र सामाजिक विकासमा सस्थाले सहयोग सहकार्य गर्दै आईरहेको बताए ।
फाउन्डेसनले मेडिकल सामाग्री उपलब्ध गराएसंगै मुस्ताङमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न र कोरोना संक्रमितको प्रारम्भिक उपचारमा सहयोग पु¥याउने नेरोसो मुस्ताङका सभापती चन्द्रबहादुर थकाली बताए ।
फोटो क्याप्सन ः मुस्ताङमा जिग्मे फाउन्डेसनले कोरोना रोकथामका लागि मेडिकल सामाग्री सौजन्य उपलब्ध गराउदै । तस्विर ःसुन्दरकुमार थकाली ।




