समाज

मुस्ताङको घरपझोङमा राहत वितरण

मुस्ताङको घरपझोङ गाउपालिकाले शनिवार देखि पालिका भित्र काम गर्ने मजदुरलाई राहत बाड्न सुरु गरेको छ । लामो समय देखि लक डाउनले थला परेका दैनिक ज्यालादारी गर्ने १ सय ७९ जना मजदुर ,विपन्न र असहाय व्यक्तिलाई पालिकाले राहत वितरण गरेको राहत वितरण संयोजक सकलदेव शर्माले जानकारी दिए । पालिकाले आईतबार ,छैरो–चिमाङ ,मार्फा ,स्याङमा राहत वितरण ग¥यो भने आईतबार जोमसोम र ठिनीमा राहत वितरण गरेको छ । पालिकाले करिव ४ लाख मुल्य… पुरा पढौ

मालेपाटनमा सालनालसहितको शिशुको शव फेला

पोखरा ५ मालेपाटनमा शुक्रबार सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । शुक्रबार दिउँसो ३ बजेतिर मलेपाटन गोल चौतारा स्थित पानीको नहरमा शिशुको शव फेला परेको हो । पुरा पढौ

श्रीमतीलाई गोली हानी मार्ने पक्राउ

बाजुराको गौमुल गाउँपालिका ४ मा श्रीमतीलाई गोली हानेर हत्या गर्ने गोरख रोकायालाई प्रहरीले पक्रेको छ । उनले बुधबार राती ३३ वर्षीया श्रीमती सुन्तुलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले ४० वर्षीय गोरखले गोठमा भरुवा बन्दुकले हानेर सुन्तुको हत्या गरेको जनाएको छ । गोरखलाई बिहीबार प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको छ । पुरा पढौ

पोखरामा अलपत्र मुस्ताङीलाई घर फर्कन सकस

विश्वभरी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण भन्दै सरकारले तेश्रो पटक लक डाउनको म्याद थप्यो । थपिएको म्याद बैशाख ३ गते सम्म छ । हाल कोरोनाका कारण देखिएको मानवीय संकटको अन्त्यका लागि सरकारले लक डाउनलाई थप कडाई गरेको छ । सरकारले बिषम परिस्थितीको मध्यजनर गर्दै लक डाउन थप्यो । तर ,लक डाउन कायमै रहदा देशभरका नेपाली घर फर्किनबाट बञ्चित छन् भने त्यसमाथि थप बढी… पुरा पढौ

उपल्लो मुस्ताङका गुम्बा स्कुलको पोखरामा स्वास्थ्य परीक्षण

लक डाउनका कारण पोखरामा अलपत्र मुस्ताङका ४ वटा घुम्ती गुम्बा स्कुलका वालवालिकालाई सोमबार र मंगलबार कोरोना भाईरस ( कोभिड–१९ ) को स्वास्थ्य परीक्षण गरिएको छ । सोही क्षेत्रका गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टको पहलमा ४ गुम्बा स्कुल करिव २ सय वालवालिकाको कोरोना परीक्षण भएको हो । लोमान्थाङ–३ को पाल एवं नामग्याल गुम्बा स्कुलका १ सय २० ,लोमान्थाङ–२ को नाम्डोललिङ गुम्बा स्कुलका ४० र लोघेकर दामोदरकुण्ड–१ चराङ गुम्बाका ४० जना वालवालिका… पुरा पढौ

गोली हानेर महिलाको हत्या

जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ । उनको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, ‘म घटनास्थलमा आफैं खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।’ भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले… पुरा पढौ

मलामीको पास बनाएर अर्जुनचौपारी जानेहरु क्वारेन्टाइनमा

केही दिन पहिले मृत्यु भएका कांग्रेस नेताको मलामी जाने भन्दै नक्कली पास बनाएर पोखराबाट स्याङ्जाको अर्जुनचौपारी जानेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मलामीको पास बनाएर फेसबुकमा प्रचार गरी यात्रु जुटाएर दोब्बर भाडा लिएको भेटिएको छ । शनिबार गएका उनीहरुलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । वडा नं. ५ काउरे आरुचौरका १८ जनालाई जन मावि रापाकोटको क्वारेन्टाइनमा राखिएको छ । आरुचौर घर भई पोखरा बस्ने भरत पोखरेल र प्रताप पौडेलले… पुरा पढौ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा राहत वितरण सुरु ,पहिलो चरणमा ५१ ले पाए राहत

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले अतिविपन्न,असहाय तथा दैनिक ज्याला मजदुरी गरेर घर गुजारा चलाउनेका लागि आईतबार देखि घरदैलोमै पुगेर राहत वितरण गर्न सुरु गरेको छ । पालिकाले पहिलो चरणमा वारागुङ–४ को कागबेनी ,तिरी र पाक्लिङ गरी ३ गाउका ५१ घरधुरीलाई राहत वितरण गरेको हो । विश्व व्यापी नराम्ररी फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९) कारण सरकारले १२ दिन अघि मुलुक लक डाउन गरेको थियो । लक डाउनको असरले समस्यामा परेका पालिका भित्रका… पुरा पढौ

जिल्ला कमाण्ड पोष्ट मुस्ताङको ११ निर्णय

विश्वमै अहिले नोवल कोरोना भाईरसको माहामारी चलेको छ । नेपालमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । संघीय तथा प्रादेशिक सरकारले यसको रोकथाम तथा नियन्त्रण लगायतका बिषयमा विभिन्न कार्ययोजनासहित स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । संम्भावित नोवल कोरोना भाईरस ( कोभिड–१९ ) को संम्भावित संक्रमणबाट हुनसक्ने जोखिम न्युनिकरण गर्न आईतबार बसेको जिल्ला कमाण्ड पोष्टले ११ बुदे निर्णय गरेको छ । कमाण्ड पोष्टका संयोजक एवं सिडिओ वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले संम्भावित… पुरा पढौ

मुस्ताङको साङ्तेलीलाई थाहा छैन कोरोना के हो ?

विश्व व्यापी माहामारीका रुपमा फैलिरहेको नोवल कोरना भाईरस ( कोभिड–१९)ले विश्व समूदायलाई आतंकित तुल्याएको छ । उत्तरी छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका लगायत २ सय भन्दा बढी देशमा फलिएको हो । दक्षिणको छिमेकी देश भारतमा समेत कोरोनाका कारण दर्जनौ व्यक्तिले ज्यान गुमाईरहेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोनाको उच्चजोखिम भएको तथ्य सार्वजनिक गरेपछि नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं