बाजुराको गौमुल गाउँपालिका ४ मा श्रीमतीलाई गोली हानेर हत्या गर्ने गोरख रोकायालाई प्रहरीले पक्रेको छ ।
उनले बुधबार राती ३३ वर्षीया श्रीमती सुन्तुलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले ४० वर्षीय गोरखले गोठमा भरुवा बन्दुकले हानेर सुन्तुको हत्या गरेको जनाएको छ । गोरखलाई बिहीबार प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको छ ।




