मुस्ताङको घरपझोङमा राहत वितरण

मुस्ताङको घरपझोङ गाउपालिकाले शनिवार देखि पालिका भित्र काम गर्ने मजदुरलाई राहत बाड्न सुरु गरेको छ । लामो समय देखि लक डाउनले थला परेका दैनिक ज्यालादारी गर्ने १ सय ७९ जना मजदुर ,विपन्न र असहाय व्यक्तिलाई पालिकाले राहत वितरण गरेको राहत वितरण संयोजक सकलदेव शर्माले जानकारी दिए ।
पालिकाले आईतबार ,छैरो–चिमाङ ,मार्फा ,स्याङमा राहत वितरण ग¥यो भने आईतबार जोमसोम र ठिनीमा राहत वितरण गरेको छ । पालिकाले करिव ४ लाख मुल्य बराबरको खाद्यान्न लगायतका सामाग्री वितरण गरेको संयोजक शर्माले बताए । उनका अनुसार राहत वितरण संकलनकार्य अघि गाउ कार्यपालिकाको बैठकले मजदुरको तथा विपन्न बर्गको पहिचान गरी अनुगमनपछि राहत वितरण गरेको थियो ।
यस्तै ,पालिकाले लक डाउन राहत कोष समेत खडा गरेको छ । कोषमा पालिकाका कर्मचारीबाट २ लाख ,घरपझोङ–३ को पुथाङ गाउसमाजबाट १ लाख ५० हजार ,ठिनी आमा समुहबाट ३८ हजार र स्याङ आमा समूहबाट ५० हजार आर्थिक संकलन भएको राहत संयोजक शर्माले जानकारी दिए । गण्डकी प्रदेशबाट प्राप्त ५ लाख राहत बजेट समेत पालिकाकै कोषमा जम्मा गरी राहत कार्यक्रम सुरु भएको उनले बताए ।
फोटो ःक्याप्सन ः
घरपझोङ –४ जोमसोममा कार्यरत विपन्न मजदुरलाई राहत बाड्दै पालिका ।