करिडोरको गाडी कहिले म्याग्दी कहिले मुस्ताङ

नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न अहिले मुलुक पुरै लकडाउनमा छ । कोरोना भाईरस जस्तो माहामारी नफैलियोस भनेर सरकारले उच्चसर्तकता अपनाउन लक डाउन गरेको हो । सरकारले विभिन्न जिल्लाका स्थानीय प्रशासनले दिदै आएको विशेष पासको व्यवस्था खारेज गरेको छ।
उपल्लो मुस्ताङी जनता लक डाउनले पोखरामा बिचल्ली छन् । उनीहरुले राज्यले गरेको नियमलाई पालन गर्दै क्वारेन्टाईनमा बसेका छन् । मुस्ताङको घासामा ७ जना र घरपझोङको स्याङमा २ जना क्वारेन्टाईन छ । उपल्लो मुस्ताङमा हिउदपछि खेतीपाती चटारो चल्छ ।हिउदको जाडो र विभिन्न व्यापार व्यवसायमा जिल्ला छाडेका ६० प्रतिशत मुस्ताङी लक डाउनमा परेका छन् । उनीहरु लक डाउन खुल्ला र घर जान पाईएला भन्ने प्रतिक्षामा छन् । लक डाउन भएको दशौ दिन पुरा भयो तर उनी घरकै यादमा पोखरामा तड्पिएका छन् । सरकारले लक डाउन अझै बढाउने संकेत गरेको छ ,खेती सबै बाझै छन् ।सहरका सहरमै छन् ,गाउका पनि गाउमै सीमित छन् ।सरकारको नियम पालन गर्न लक डाउन सफल पार्न गाउले युवाहरु स्वतस्फुर्त लागि परेको पाईएको छ ।
लक डाउन पूर्वरुपमा पालन गर्न सबै निकाय,व्यवसायी,उद्योगी र व्यापारी लगायत एकमतले लागि परेका छन् । तर ,सरकारले गरेको लक डाउनको नियम यतिखेर कालीगण्डकी करिडोर ,बेनी–जोमसोम–कोरला सडकका कर्मचारीलाई घाडो भएको छ । अहिले करिडोरको कोरला सडकको काम पूर्ण रुपम ठप्पै छ । सडकको काम गर्ने मजदुर सबै घर फर्किएका छन् । सडक खन्ने उपकरण कुनै प्रयोगमा छैन । आयोजनाको काम बन्द छ । कोरोनाका कारण भएको लक डाउनलाई करिडोरका कर्मचारीले अटेर गरेका छन् ।स्थानीय प्रशासनलाई सुईको नदिई तल तल र माथि गरेर लक डाउनको धज्जी उडाईरहेका छन् ।
करिडोरको मुस्ताङको जोमसोममा मुख्य कार्यालय छ । म्याग्दीमा शाखा छ । करिडोर कार्यालयको गाडी मंगलबार शाखा कार्यालय हुदै पोखरा जाने भन्ने थियो । सरकारले उपलब्ध गराउने आषधि लिन जाने स्थानीय प्रशासनले जनाएको थियो । तर बुधबार शाखा कार्यालय बसेको करिडोरको गाडी पोखरा झरेन र बुधबार फेरी मुस्ताङको जोमसोम आईपुग्यो । मुस्ताङ फर्किएको गाडी आफ्नो कार्यालय नगई कोरलानाका तर्फ हानियो । कोरला सडक निरीक्षण भन्दै गएको गाडीलाई लोमान्थाङका युवाले माथि जान नदिई तलै फर्काईदिए । लक डाउनका बेला गाडी चल्न नपाईने ,गाउमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले गाडी फर्काए । बुधबार जोमसोम आयो। बिहिबार फेरी स्याङ पुल निरीक्षण भन्दै प्रशासनमा पास मागे ,प्रशासनले पास दिएन । शुक्रबार प्रशासनलाई कुनै जानकारी नदिई सुटुक्क फेरी करिडोरको गाडी म्याग्दीनै झ¥यो । जुन कुरा स्थानीय प्रशासनले थाहै पाएन । घासामा प्रहरी चौकी भएपनि चौकीले कुनै सोधपुछ गरेन,रोकेन । लक डाउनका बेला अतिआवश्यक काम परे मात्र सर्वसाधारण घर बाहिर निस्कन सरकारले अनुरोध गरेको छ । तर सडकका हामिक र ईन्जिीनीरले लक डाउन उलंघन गर्दै कहिले मुस्ताङ कहिले म्याग्दी गर्न गर्न थालेका छन् । सिडिओ वेदप्रकास अर्यालले पत्रकार महासंघले गरेको ध्यानआर्कषण प्रति गम्भिर भएको बताए । उनले पटक पटक लक डाउन उलंघन गरे कारबाही गर्ने समेत महासंघलाई जानकारी गराएका छन् ।
मुस्ताङमा मुलुक लक डाउन भएपछि सार्वजनिक ,निजी, र अरु सरकारी गाडी चलेका छैनन् । मुस्ताङ लक डाउनले सुनसान बनेको छ ।
फोटो क्पाप्सन ः
करिडोर सडकको गाडी लक डाउन उलंघन गर्दै ।