साहित्य

पोखरा आइपुग्यो पूर्वका राई र पश्चिमकाे दलित प्रेमको कथा

लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले संवाद गरिन् । प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैंगिक समानताको मुद्दालाई पुस्तकमा उठाइएको सुनाइन् । ‘खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ’, उनले भनिन्, ‘उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।’ दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको… पुरा पढौ

‘यादको कोलाज’मा अमृतको जीवन

लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । संस्मरणात्मक कृति यादको कोलाजमा लेखकले १२ उपशीर्षकमा भारत र नेपालका विभिन्न परिवेश र आफ्नो जीवन समेटेका छन् । पर्वतमा जन्मिएका क्षेत्री पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा गर्दै नेपाली सेनामा भर्ती भएपछि भारत गएका थिए । सेवानिवृत्त भएपछि फर्किएका उनको यसअघि एकान्त भीड नामको कविता संग्रह प्रकाशित छ । समालोचक विष्णुप्रसाद शर्मा ‘यादको कोलाज’मा सैन्य जीवनका अनुभूति, प्रकृतिचित्रण, समाज र… पुरा पढौ

तीजका २ गीत लिएर आइन् सीता (गीतसहित)

बागलुङको गलकोटमा पुराना गीत र गाउँका भाका सुन्दै हुर्किइन् सीता केसी । उनका बाआमा दुवै गीत गाउँथे । त्यस बेला अहिले जस्तो न सोसल मिडिया थिए, न आम सञ्चारको पहुँच । बाआमा प्रेमबहादुर \ उजेली गाउँका उत्सव, मेला, जात्रामा गाउँथे । त्यस बेला एल्बम निकाल्नु निकै ठूलो कुरा थियो । दुर्गम गाउँमा जन्मिएका प्रेम र उजेलीले त्यो विरल अवसर पाएनन् । धन्न उनीहरुको गीतको किताब भने निस्किएको छ । बाआमाको… पुरा पढौ

पोखरेली कलाकारले उडाए पुतली

पोखरेली कलाकारको एक टोलीले यसपालिको हरितालिका तीजलाई लक्ष्य गरी नयाँ गीत बजारमा ल्याएका छन् । ‘पुतली उडेर गयो’ बोलको गीत नवराज अधिकारीको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा नवराज अधिकारी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, दुर्गा क्षेत्री, सरला अधिकारी र किरण शर्माले स्वर दिएका छन् । प्रेमराज अधिकारीको शब्द र नवराज अधिकारीकाे संगीत रहेको गीतको एजेन्ज दिवस थापा मगरले गरेका हुन् । वाराही डिजिटल एन्ड मुर्चुङ डिजिटल स्टुडियोमा रेकर्ड… पुरा पढौ

ईश्वरमणिको सम्बोधिका सार्वजनिक

पोखरेलीले २०३५ माघ २० गते २ रुपैयाँको टिकट काटेर मुक्तक सुनेका थिए । टिकटमा मुक्तक सुन्ने परम्परा थालनी गरेको पोखरामा शनिबार नयाँ मुक्तक कृति सार्वजनिक भएको छ । डा ईश्वरमणि अधिकारीको मुक्तक सञ्चयन ‘सम्बोधिका’ पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतले सार्वजनिक गरे ।एक सय एघार मुक्तक रहेको यो डा अधिकारीको तेस्रो कृति हो । कार्यक्रममा साहित्यकार सरुभक्तले पछिल्लो पुस्ता रुवाई शैलीका… पुरा पढौ

कविता: वनको महिमा

माटो, पानी, अक्सिजन पाईकन, बिउ बन्छ है रुखकठिन हुनेछ यात्रा संरक्षणको, पाइन्न पहिल्यै सुखआफू उम्रिएदेखि नै दिन्छन्, रुखले अक्सिजनयी बिना हाम्रो अस्तित्व छैन, हो कि होइन भन । अलिक ठूलो भएपछि दिने काठ, फलफूल र दाउरोअझै अचार खान पाइने, टिपिकन काउरोबहुमूद्यय सुनाखरी नि रुखैमा, आड लगाई फुल्छबनाईदिन्छ हामीलाई सजिलो, आफ्नो दुःख त भुल्छ । चराचुरुङ्गी, सर्प र मुसा, बस्दछन् मौरी अनिखान्छन् कीरा यी जीवजन्तुले, फाइदा किसानलाई पनिमौरी त अझै परागसेचन… पुरा पढौ

‘भीरको बाटो’ लिएर आइन् गोमा

नातिनातिना स्कुल जाने उमेरमा विद्यालय गएर कक्षा ७ सम्म अध्ययन गरेकी गोमा पराजुलीले आत्मकथा लेखेकी छन् । उनको आत्मकथा ‘भीरको बाटो’ शनिबार काठमाडौंमा आयोजित समारोहमा सार्वजनिक गरियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले लेखनका विधा र क्षेत्र धेरै परिष्कृत भईसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्न सके समाजको वास्तविक चित्र र चरित्र बाहिर जनसमक्ष आउने बताए । ‘भीरको बाटो’ गोमाको जीवनको कथा भए पनि समकालीन नेपाली समाजको वास्तविक चित्र… पुरा पढौ

गीतल

पार्टीमा यो मारमार, निरासामा छौकोहि छैनन् बफादार, निरासामा छौ ! महाभारत हेरौ हामी, रामायण नि बुझौसत्ताको नै रैछ सार, निरासामा छौ ! इमान जति सबै, बेचिखाने भयपछीको जित्यो वा कस्को हार, निरासामा छौ ! निस्वार्थ सेवाको भाव ,देखीएन कसैसँगराजनीतिलाई ठाने व्यापार, निरासामा छौ ! एकतामा बल हुन्छ, भन्ने कुरा बिर्सीएरकस्ले बोक्छ टुक्रे भार, निरासामा छौ ! कोहि कुन्ठित अनि, कोहि हठी बनेपछीकसरी हो लाउने किनार, निरासामा छौ ! कित मिल… पुरा पढौ

गीत

प्रगति केही छैन साथी बाँचेकै छु अहिलेसम्महेर्दै जाउँ पैतालाले बाटो नाप्छन् कहिलेसम्मनयाँ , नौला खबर केही भए तिमी सुनाउ बरुकसो गरि बितेका छन् अचेल तिम्रा दिनहरु सुनको गरीब भए पनि नुनको खाँचो छैन त्यही होकरोडपति मान्छेले नि खाने नुन त आखिर यही होछानोमुनि बसेको छु बादल ओढ्न पर्या छैनआकास छुने महलको सपना देख्ने गर्या छैन आफू सङ्ग जे छ त्यसमै खुशी हुन सिकेको छुऔंला बाङ्गो नगरेरै आज सम्म टिकेको छुन… पुरा पढौ

मनोचिकित्सक प्राडा लामिछाने बने गायक

प्राडा निर्मल लामिछाने र ज्योति लोहनीको स्वरमा ‘हाम्री आमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । लामिछाने वरिष्ठ मनोचिकित्सक हुन् । गीतमा रामप्रसाद पौडेलको शब्द, तारानाथ आचार्यको संगीत, सञ्जीव लामिछानेको भिडियोग्राफी र सुवास आमागाईको सम्पादन छ । म्युजिक भिडियो बिजी हस्पिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अग्रज लोक गायिका हरिदेवी कोइरालाले म्युजिक भिडियो सार्वजनिक गरिन् । कार्यक्रममा कोइरालाले संगीत र साधनाले जीवनलाई मनोरम र ऊर्जावान् बनाउने जनाइन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं