गजल

पीडा बोकेर मैल याद पिएको हुन्छु
प्रेमको धरापमा पर्दा मुर्दा जिएको हुन्छु

निन्द्रा पर्दैन जव छट्पटी हुन्छ रातमा
पागल भन या सद्धे तस्बिर लिएको हुन्छु

कति बाँचा गरेर कति ताल्चा मारेर गए
फाट्छ मुटुको आशा मनले सिएको हुन्छु

चट्याङ परेर दिलमा पत्थर बनेको बेला
चोट बोकेर मैले मुस्कान दिएको हुन्छुI