सुरज उपाध्याय पोखरा
असाेज ७ गते २०८०
फुल्नु छ धेरै, झर्न सक्दिनँ
बाँच्नु छ अझै, मर्न सक्दिनँ
आफ्नै दुःखमा,रमाउने मान्छे
कसैको नराम्रो,गर्न सक्दिनँ
आँसु,हासोमै, बित्यो जिन्दगी
कसैलाई आँखा, तर्न सक्दिनँ
गएँको थाहा पाउनुहुने छ
खुसुक्क बसाई, सर्न सक्दिनँ
पाखुरा बजारें, पसिना बगाएँ
कसैको भर पर्न सक्दिनँ ।