कविता : विस्थापित आस्था

थकित छु !
हात गोडा गल्न थालेका छन्।
आशको बदलामा
निरासा शिवाय केही छैन !
मन भित्रको
“चैनपुर”मा।
अस्तित्व अपहरणमा परेको छ!
अस्मिता बलत्कृत भएको छ!
सिङ्गो ब्राह्मण खग्रास भएको छ!
अन्तरीक्ष यात्री हरु हराएका छन!
पृथक प्रलोभनमा
केही यांत्रिक मान्छेहरु
भूगोलको हिसाब लगाई रहेका छन!
जहाँ केही देखिदैन!
त्येही अनुसन्धान चलेको छ।
अदृश्य

अलौकिक
अस्तित्व को खोज गर्दै
कालो

धमिलो आकाशमा!
धुँवाको बेग मापन गर्दै छन्।
शुन्यमा अस्तित्व खोज्दै
बिवेक,चेतनाको प्रक्षेपण गर्दै छन्
मान्छेले बिबेक गुमाउनु पुर्ब
अस्तित्व नामेट पार्नु पुर्व।
फुल टिपेर
ढुंगामा फूल चडाउदै
आमाको लासमा
दागबत्ती दिएपछी
आफ्नै सन्तान बिचको
आत्मी सम्बन्ध

भाइचारा
कसरी
आस्था सगै विस्थापीत हुँदैछ।