साहित्य

करबाकेली पदयात्रामा लेखकहरू

मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीलाई म्याग्दीको ‘करबाकेली इको टे«क’मा पदयात्रा गराइएको छ । स्थानीय करबाकेली बाबा संरक्षण समितिले उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो । पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए । दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा… पुरा पढौ

लम्साल, लेकाली, अधिकारी र ठकुरीलाई पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा लम्साललाई अर्पण गर्ने मंगलबार निर्णय गरेको हो । गत वर्षबाट शसरुआत गरिएको नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कारू २०८० डा रमेशचन्द्र अधिकारी (धादिङ) लाई प्रदान गर्ने निर्णय भएको छ। पुरस्कारको रकम २५ हजार छ। प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर… पुरा पढौ

रामबाबुलाई माधव वियोगी पुरस्कार

महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार २०८० बाट साहित्यकार रामबाबु सुवेदी सम्मानित हुने भएका छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ । नेपाली साहित्यको श्रीवृद्धिका लागि विशेष गरी छन्दोवद्ध कविता र बाल साहित्यको विकासमा दीर्घ साधनारत सुवेदीलाई सो पुरस्काका लागि छनोट गरिएको प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले जानकारी दिए । प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा शनिबार बसेको बैठकले यो निर्णय… पुरा पढौ

सम्बोधिका

पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन ( २०८०)गरेको `सम्बोधिका´ साहित्यको क्षेत्रमा बहुमुखी प्रतिभावान् साहित्यकार डा. ईश्वरमणि अधिकारीद्वारा लेखिएको विविध विषयको रसबरीयुक्त मुक्तक सङ्ग्रह हो । वर्तमान समयमा प्रचलित संरचनालाई अङ्गालिएका काव्यिक सौन्दर्यले भरिपूर्ण यस सङ्ग्रहमा खारिएका ,माझिएका र दर्शनको लेप लगाएका मुक्तकहरू रहेका छन् । जून पढ्दा पाठकले अधिकारीको जीवन र जगतप्रतिको दृष्टिकोण बोध गर्नुका साथै सामाजिक अवस्थालाई ऎना हेरे जस्तो प्रष्ट देख्न सक्छन् । उनी पहिलो मुक्तकमा भन्छन् -पद र… पुरा पढौ

केयरसिंहको ठक्करहरूको यात्राशास्‍त्र बजारमा

कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व… पुरा पढौ

गजल

पीडा बोकेर मैल याद पिएको हुन्छुप्रेमको धरापमा पर्दा मुर्दा जिएको हुन्छु निन्द्रा पर्दैन जव छट्पटी हुन्छ रातमापागल भन या सद्धे तस्बिर लिएको हुन्छु कति बाँचा गरेर कति ताल्चा मारेर गएफाट्छ मुटुको आशा मनले सिएको हुन्छु चट्याङ परेर दिलमा पत्थर बनेको बेलाचोट बोकेर मैले मुस्कान दिएको हुन्छुI पुरा पढौ

कविता : विस्थापित आस्था

थकित छु !हात गोडा गल्न थालेका छन्।आशको बदलामानिरासा शिवाय केही छैन !मन भित्रको"चैनपुर"मा।अस्तित्व अपहरणमा परेको छ!अस्मिता बलत्कृत भएको छ!सिङ्गो ब्राह्मण खग्रास भएको छ!अन्तरीक्ष यात्री हरु हराएका छन!पृथक प्रलोभनमाकेही यांत्रिक मान्छेहरुभूगोलको हिसाब लगाई रहेका छन!जहाँ केही देखिदैन!त्येही अनुसन्धान चलेको छ।अदृश्यरअलौकिकअस्तित्व को खोज गर्दैकालोरधमिलो आकाशमा!धुँवाको बेग मापन गर्दै छन्।शुन्यमा अस्तित्व खोज्दैबिवेक,चेतनाको प्रक्षेपण गर्दै छन्मान्छेले बिबेक गुमाउनु पुर्बअस्तित्व नामेट पार्नु पुर्व।फुल टिपेरढुंगामा फूल चडाउदैआमाको लासमादागबत्ती दिएपछीआफ्नै सन्तान बिचकोआत्मी सम्बन्धरभाइचाराकसरीआस्था सगै विस्थापीत हुँदैछ। पुरा पढौ

गजल

फुल्नु छ धेरै, झर्न सक्दिनँबाँच्नु छ अझै, मर्न सक्दिनँ आफ्नै दुःखमा,रमाउने मान्छेकसैको नराम्रो,गर्न सक्दिनँ आँसु,हासोमै, बित्यो जिन्दगीकसैलाई आँखा, तर्न सक्दिनँ गएँको थाहा पाउनुहुने छखुसुक्क बसाई, सर्न सक्दिनँ पाखुरा बजारें, पसिना बगाएँकसैको भर पर्न सक्दिनँ । पुरा पढौ

वैज्ञानिक मनिषा द्वालाई डागर स्मृति पुरस्कार

डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसरमा युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार ५ सय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत बनेकी छन् । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका दिने समाजसेवी प्रेमचन्द उपाध्याय डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई गरिएको… पुरा पढौ

कथाः छुटेर जानेहरु भेट नै नभएको भए हुने !

ऊ रोएको देख्दा म पनि भावुक भएँ । ऊसँगै म पनि रोएँ, हामीसँगै रुन थाल्याँै । घन्टौ रोएपछि उठेर हिड्दा रात परिसकेको रहेछ । आभास र म बाल्यकालको साथी थियौँ । आभासको बुबा बाल्यकालमै बितेपछि मेरोभन्दा उसको बाल्यकाल अलि बढी संघर्षमा बितेको थियो । पढाइमा अब्बल भएर पनि घरायासी परिस्थितिले अठ्याउँदा उसले पढाइलाई निरन्तरता दिन सकेन । दश कक्षाको परीक्षा सकेपछि साथीहरु पढ्न सहर पस्दा आभास घरको व्यवहार मिलाउन मुग्लान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं