कविता : मैले बाटो बिराएँ

मनिसा गाैतम, काठमाडाैं

बाटोहरु अनगिन्ती छन्
उकाली पनि छन्
ओराली पनि छन्
सजिला पनि छन्
अफ्ठ्यारा पनि छन्
घुमाउरा पनि छन्
छोटा पनि छन्
लामा पनि छन्
यी बाटोहरु कहिल्यै बन्द हुँदैनन्
बाटोहरु लाखौं छन्
बाटो देख्नेहरु थोरै छन्
बाटै बाटो हिड्नेहरु पनि
बाटो नदेखेर अलपत्र छन्
एक परिचीत
अचानक
बाटै बाटो आएर मलाई भन्यो
“माफ गर्नुस्
मैले बाटाे बिराएँ ।