गीत: मानहुँकोट जाऊँ

हिउँद भरि कुहिरोले, ढाक्ने हाम्रो ठाँउ
बिहानीमा हिमाल हेर्न मानहुँकोट जाउँ

नाँगवेलि उकालो छ चापाघाँटको बाटो
उर्वर अनि मलिलो छ मानहुँको माटो
ऐतिहासिक,रमणीय एकदेवको गाउँ
परीवारलाई घुमाउन मानहुँकोट जाउँ

महाभारत शृङ्खलाको चुच्चो शिखर
सेती मादी वेग हानी बग्छन् मुन्तिर
साहित्य, सांस्कृतिको धरोहर तनहुँ
चुड्का,कौरा हेर्नलाई मानहुँकोट जाउँ