प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान

नेपाल ना्यय अनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल भारतमा ‘नाट्यचार्य’ सम्मानबाट विभूषित भएका छन् । असम नेपाली नाट्य सम्मेलनले भारतको असम, सिमलगुढीमा भएको कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले पोखरेललाई सम्मान गरेका हुन् । प्राडा पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली साहित्य प्रचार समितिले ‘नेपाली साहित्य प्रचार सम्मान २०२३’ प्रदान गरेका छन् ।

ती संस्थाले नाट्यसाहित्यमा निरन्तर योगदान पु¥याई नेपाली साहित्यको समालोचना र नाटक विद्यामा योगदान गरेकोमा उनलाई सम्मान गरेका हुन् । प्राडा पोखरेलले नेपाली नाटकको उन्नयनमा लाग्न यो सम्मानले प्रेरणा थपेको उल्लेख गरे ।

उनले भने, ‘नेपाली नाटकको विकासका लागि केही प्रयास भइरहेका छन्, अझै धेरै काम गर्न बाँकी छ । त्यो दायित्व पूरा गर्न यो सम्मानले ऊर्जा थपेको छ ।’