साहित्य

मीनराज बसन्तको दोस्रो उपन्यास ‘पिपिरी’ सार्वजनिक

उपन्यासकार मीनराज बसन्तको दोस्रो उपन्यास ‘‘पिपिरी’ सार्वजनिक भएको छ। काठमाडौँको थापागाउँस्थित कुञ्ज थियटरमा आयोजित एक कार्यक्रममा साहित्यकारहरु हाँगयुग अज्ञात, सगुना शाह, अमर न्यौपाने र लेखक मीनराज बसन्तले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बोल्दै कवि हाँगयुग अज्ञातले एकै बसाइमा परेर सकिने ‘पिपिरी’मार्फत मीनराजले आफ्नो छुट्टै छवि निर्माण खोजेको बताए। कथा पढ्दै गर्दा हरेक पाठकले कथालाई आफ्नो अनुकुलतामा बुझ्ने भएकोले, कथाले यही कुरा बुझ्नुपर्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ… पुरा पढौ

बुधबारबाट अन्तर्राष्ट्रिय नाटक महोत्सव

पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ । पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको पदयात्रा निकालिने युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले बताए । औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाँै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व… पुरा पढौ

साहित्यकारको सम्मानमा सार्वजनिक बिदा

विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको सोमबार बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिए । भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उनले बताए । पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले… पुरा पढौ

प्रगतिशील लेखक संघ कास्कीमा नयाँ समिति

प्रगतिशील लेखक संघ कास्की अध्यक्षमा नारायण मरासिनी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको आठौँ जिल्ला सम्मेलनले मसासिनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा छवि सुवेदी, सचिव विजया सुवेदी, सहसचिवमा बीपी विद्रोही र कोषाध्यक्षमा काजी गाउँले छन्। सदस्यमा लोकनाथ पुडासैनी, कल्पना चिलुवाल, विकास लुङ्गेली, सुवास मल्ल, लीला पण्डित र नारायण बास्तोला चयन भए । कार्यक्रममा साहित्यकार वामपन्थी बुद्धिजीवी टेकनाथ बराल, प्राडा राविलाल अधिकारी र प्रेलस कास्कीका संस्थापक… पुरा पढौ

गीत

बुझौं साराले देश उभो लाग्दैन यस्तो पाराले बाहिर , बाहिर सुशासन र समृध्दिको बोक्रो भित्र , भित्रै भ्रष्टाचारले देश बनायो खोक्रो कर्णालीमा तिहुन खान नुन, तेल छैन अरे काठमाडौंले पानीजहाज ल्याउँछु भन्छ हरे ! कति सरकार आए, गए मेलम्ची आएन राजधानीले अझै पानी खान पाएन आलु, प्याज किन्नै गाह्रो के साह्रो भाउ बढ्यो हेर्दाहेर्दै महङ्गीले सगरमाथा चढ्यो कार्यकर्ता नेतालाई सँधै काँधमा बोक्छन् फलामलाई सुन भनेपनि तालीमात्र ठोक्छन् देश बदल्ने होईनन्… पुरा पढौ

दुई मुखे गाई (लघुकथा )

तोयनाथका छ बहिनी छोरीहरु थिए । जेठी छोरी बाह्र वर्षकी थिइन । काइली छोरी अपांग थिइन । कान्छी छोरी डेड वर्षकी मात्र थिइन । दोस्रो सन्तान पनि छोरी भए देखि उनले पुत्र लाभको लागि धेरै यज्ञ तिर्थवर्त उपबास पुजाआजा गरिसकेका थिए । यस अवधिमा उनले तीनवटा ठूला लक्षबत्ति समेतका सप्ताहा पनि सम्पन्न गरेका थिए । एक जना ठूला ज्योतिषी र पुरोहितले संयुक्त रुपमा उनलाई छोरा पाउनको लागि एउटा सतप्रतिशत सफल… पुरा पढौ

गीत

देउवा पनि राम्रो मान्छे, ओली पनि राम्रो दाहाल पनि हाम्रो मान्छे , भन्डारी नि हाम्रो । देख्नेले नि काँग्रेस, कम्युनिष्ट जुम्ल्याहा झै ठान्छ बानी , ब्योहरा काटिकुटी ठ्याक्कै मिल्न जान्छ । अख्तियारले घुसै खान्न , पुलिसले सुन खान्न कल्लाई के को आपत्ति भो रामराज्य छ भन्न । चमत्कारै, चमत्कार भो बिश्वको ध्यान खिच्यो कति साह्रो बिकास भयो सिंगापुरलाई जित्यो । जनताले टन्नै खाए, भुँडी फुट्ने गरि नेता, कार्यकर्ता भोकले मरे… पुरा पढौ

क्रान्तिकारी कवि

सुरु भएको छ साहित्यिक कार्यक्रम आशनग्रहण गरेका छन् क्रान्तिकारी कविले बस एकछिन पर्खनोस् भूरा कविको पालो नसकिएसम्म पर्खनोस् क्रान्तिकारी कविता र भाषण सित्तैमा सुन्न कहाँ पाईन्छ ? अनुहारले नै चिनिन्छ क्रान्तिकारी कवि माक्र्सवाद र क्रान्ति मिसिएको आभा माक्र्सकै जस्ता दारी क्रान्ति नायकको जस्तो भाषण शैली अचेल क्रार्यक्रममा पनि उनले क्रन्ति गरेका छन् उनी अक्सर आउँदैनन् अक्षरयात्रामा बेपत्ता छन् साहित्य संगम र प्रलेसबाट क्रान्तिकारी कवि बन्न केही त गर्नैप¥यो । वर्तमान… पुरा पढौ

अम्बिका भण्डारीका रोज्जा ५ मुक्तक

गाउँ बेचे, चेली बेचे घर छाडेर गए सहरका अग्ला घर धेरै उनका भए कहिल्यै धूलो, माटो नछुने छन् भूमिपति बाटोमै जीवन दिनहरु सर्वहारा भए न्याय, निसाफ सबैलाई समान हुनुपथ्र्याे निसाफमा समाजको कमान हुन पथ्र्याे अत्याचारीकै फलिफाप, परिश्रमी खाली हात छैन पक्कै, भए त गरिबका भगवान हुनुपथ्र्याे कोही कसैलाई काँधमाथि टेकाएर रमाउँदै छन् कोही नीलगिरि र फेवाताल देखाएर रमाउँदै छन् यो चोला चलाउने पनि आफ्नै आफ्नै काइदा छन् कोही आगोमा पसिना… पुरा पढौ

पियुको प्रेमपत्र प्रतियोगितामा माधव सर्वाेत्कृष्ट

प्रणय दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य समाजको आयोजनामा प्रेमपत्र लेखन प्रतियोगिता भएको छ । बिहिबार विश्वविद्यालय केन्द्रिय क्याम्पसमा सम्पन्न कार्यक्रमको वाचन समारोहमा विश्वविद्यालय प्रेमपत्रको वाचन, रचनावाचन, सांगीतिक प्रस्तुति तथा नृत्यले गुन्जयमान भयो । प्रतियोगितामा मानव घिमिरे प्रथम, मनोज पौडेल द्वितीय, तथा प्रविणा सुवेदी तृतीय भए । प्रतियोगितामा अन्तिम चरणमा छानिएका १२ प्रेमपत्र छानिएका थिए । कार्यक्रममा बिम्बकवि रमेश श्रेष्ठले प्रेमपत्र लेखन कार्यक्रम पोखरामा पहिलो पटक पोखरा विश्वविद्यालय साहित्य समाजले आयोजना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं