पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ । पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको पदयात्रा निकालिने युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले बताए । औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाँै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा चल्नेछ ।
यसैगरी १६ गते भारतको ‘ब्ल्याक एन्ड ह्वाइट’, १७ गते मेसेडोनियाको ‘प्राइभेट कन्फेन्सन’, १८ गते नेपालको ‘कन्फेसन’, १९ गते नेपालकै ‘गैँडा टाइम्स’, २० गते भारतको ‘इन ट्रान्जिट’, २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुनेछ ।
महोत्सवमा मञ्चन हुने ८ वटै नाटक हेर्न नाट्यप्रेमीले १ हजार शुल्क तिरेर महोत्सवको सदस्यता कार्ड लिन सक्ने आयोजकको भनाइ छ । नाटक मञ्चनका अलावा विभिन्न सत्रमा मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल पनि गरिने जनाइएको छ ।




