गीत

देउवा पनि राम्रो मान्छे, ओली पनि राम्रो
दाहाल पनि हाम्रो मान्छे , भन्डारी नि हाम्रो ।

देख्नेले नि काँग्रेस, कम्युनिष्ट जुम्ल्याहा झै ठान्छ
बानी , ब्योहरा काटिकुटी ठ्याक्कै मिल्न जान्छ ।

अख्तियारले घुसै खान्न , पुलिसले सुन खान्न
कल्लाई के को आपत्ति भो रामराज्य छ भन्न ।

चमत्कारै, चमत्कार भो बिश्वको ध्यान खिच्यो
कति साह्रो बिकास भयो सिंगापुरलाई जित्यो ।

जनताले टन्नै खाए, भुँडी फुट्ने गरि
नेता, कार्यकर्ता भोकले मरे कठैबरी ।

शिव पलाँस
नर्थ क्यारोलाइना , अमेरिका