साहित्य

समान अधिकार (गीत )

छोराका लागि पस्कन्छौं हामी अनेकौं परिकार छोरीलाई किन दिँदैनौं अझै समान अधिकार । समता भन्ने कुरा भो अब आकाश पारीको गालामा आँसु झर्दैछ अझै विचरा नारीको यो आधासंसार ओझेलमा पर्छ टुक्रिन्छ परिवार पुरुषलाई जति नदिए देखि नारीलाई अधिकार । घरको धन्दा पुरुषको भन्दा नारीकै वर्ता छ तैपनि धेरै छोरीको भन्दा छोराकै सुर्ता छ पुरुष यदि मूर्ति हो भने नारी हुन् मूर्तिकार यी मूर्तिकारलाई चाहिन्छ अब समान अधिकार । अनिच्छित बस्तु… पुरा पढौ

Poem : The Guests

Lets go then you and me DADTo inspect our newly constructed house Builder is handing over to us Next week A big house it was In three floors With all human needsThe terrace The garage and The swimming poolall in a row The balconyThe kitchen and The theater all in matching colors A cozy living room with big sofaTV and modern gadgets A large bed roomwith all attached facilities certainly for the son and his wifeTwo separate rooms for the kids The builder… पुरा पढौ

गढीदरबारका भग्नाबशेष सपना

एउटा डरलाग्दो दम्भ ढलेको छभग्नाबशेष बनेर पुरानो दरबारमाचाँग लागेर बसेकाहरेक ढुँगाहरूमौन साक्षी उभिइरहेछन्र ,थाकेका छन्मौन घोषणामा बदलिने संसारसंगैअनुहार बदल्न नसकेढल्दोरहेछ पुरै शरीर चराको एउटा सुन्दर गुँडलाईच्यातचुत पारेको छ समयलेकहाँ गएहोलान् चराहरूकहाँ गएहोलान् बचेराहरूहिजोको रगजग सँझेरएउटा चिल्थरो गुँड टोलाइरहेछ रोक जिन्दगीलाईभग्नाबशेष स्मारक बन्नबाट रोकजिन्दगी भग्नाबशेष बन्यो भनेके पो बाँकि रहन्छ र पश्चाताप बाहेक हामीलेनै सुनेका हौँमहाराजको सिँहनादहामीलेनै देखेका हौअरूको जिन्दगी ढालेरआफ्नो जिन्दगी बिस्तार गर्नेषढयन्त्रका गोप्य बैठकहाम्रै सामु लुटिएको होकयौँ बेगवान घोडाहरूको कलकलाउँदो जवानीउ त्यो… पुरा पढौ

‘नथिया’ सच्याएर बादीसँग माफी माग्नू’

दी समुदायको समस्या उठान गरेको भनिएको सरस्वती प्रतीक्षाको कृति ‘नथिया’ सच्याउनु पर्ने भएको छ । सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ । ती कृतिमा वादी समुदायको आत्म सम्मानमा ठेस पुर्‍याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु सर्वोच्च अदालत पुगेका थिए । ती कृतिबाट… पुरा पढौ

मीनराज बसन्तको दोस्रो उपन्यास ‘पिपिरी’ सार्वजनिक

उपन्यासकार मीनराज बसन्तको दोस्रो उपन्यास ‘‘पिपिरी’ सार्वजनिक भएको छ। काठमाडौँको थापागाउँस्थित कुञ्ज थियटरमा आयोजित एक कार्यक्रममा साहित्यकारहरु हाँगयुग अज्ञात, सगुना शाह, अमर न्यौपाने र लेखक मीनराज बसन्तले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बोल्दै कवि हाँगयुग अज्ञातले एकै बसाइमा परेर सकिने ‘पिपिरी’मार्फत मीनराजले आफ्नो छुट्टै छवि निर्माण खोजेको बताए। कथा पढ्दै गर्दा हरेक पाठकले कथालाई आफ्नो अनुकुलतामा बुझ्ने भएकोले, कथाले यही कुरा बुझ्नुपर्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ… पुरा पढौ

बुधबारबाट अन्तर्राष्ट्रिय नाटक महोत्सव

पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ । पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको पदयात्रा निकालिने युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले बताए । औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाँै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व… पुरा पढौ

साहित्यकारको सम्मानमा सार्वजनिक बिदा

विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको सोमबार बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिए । भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उनले बताए । पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले… पुरा पढौ

प्रगतिशील लेखक संघ कास्कीमा नयाँ समिति

प्रगतिशील लेखक संघ कास्की अध्यक्षमा नारायण मरासिनी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको आठौँ जिल्ला सम्मेलनले मसासिनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा छवि सुवेदी, सचिव विजया सुवेदी, सहसचिवमा बीपी विद्रोही र कोषाध्यक्षमा काजी गाउँले छन्। सदस्यमा लोकनाथ पुडासैनी, कल्पना चिलुवाल, विकास लुङ्गेली, सुवास मल्ल, लीला पण्डित र नारायण बास्तोला चयन भए । कार्यक्रममा साहित्यकार वामपन्थी बुद्धिजीवी टेकनाथ बराल, प्राडा राविलाल अधिकारी र प्रेलस कास्कीका संस्थापक… पुरा पढौ

गीत

बुझौं साराले देश उभो लाग्दैन यस्तो पाराले बाहिर , बाहिर सुशासन र समृध्दिको बोक्रो भित्र , भित्रै भ्रष्टाचारले देश बनायो खोक्रो कर्णालीमा तिहुन खान नुन, तेल छैन अरे काठमाडौंले पानीजहाज ल्याउँछु भन्छ हरे ! कति सरकार आए, गए मेलम्ची आएन राजधानीले अझै पानी खान पाएन आलु, प्याज किन्नै गाह्रो के साह्रो भाउ बढ्यो हेर्दाहेर्दै महङ्गीले सगरमाथा चढ्यो कार्यकर्ता नेतालाई सँधै काँधमा बोक्छन् फलामलाई सुन भनेपनि तालीमात्र ठोक्छन् देश बदल्ने होईनन्… पुरा पढौ

दुई मुखे गाई (लघुकथा )

तोयनाथका छ बहिनी छोरीहरु थिए । जेठी छोरी बाह्र वर्षकी थिइन । काइली छोरी अपांग थिइन । कान्छी छोरी डेड वर्षकी मात्र थिइन । दोस्रो सन्तान पनि छोरी भए देखि उनले पुत्र लाभको लागि धेरै यज्ञ तिर्थवर्त उपबास पुजाआजा गरिसकेका थिए । यस अवधिमा उनले तीनवटा ठूला लक्षबत्ति समेतका सप्ताहा पनि सम्पन्न गरेका थिए । एक जना ठूला ज्योतिषी र पुरोहितले संयुक्त रुपमा उनलाई छोरा पाउनको लागि एउटा सतप्रतिशत सफल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं