साहित्यकार सरुभक्तलाई यस वर्षको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिने भएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख र ताम्रपत्र छ ।
यस्तै कलाश्री सम्मान यस वर्ष साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
नेपाली भाषा–साहित्यमा उल्लेखय योगदान गरेकोमा उनीहरुलाई सम्मान र पुरस्कृत गर्न लागिएको हो । प्रतिष्ठानले ५० हजार रुपैयाँसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि सुमन पोखरेल र २५ हजार रुपैयाँको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार नगेन्द्रराज शर्मा प्रदान गर्ने निर्णय गरेको छ ।




