कवि अली मियाँ (गीत)

लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया
विरह र वेदनाका कवि अलिमियाँ ।

सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा
धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा
यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया
मन फकाउन सिपालु छन् कवि अलिमियाँ ।

लोककवि अली मियाँ

गोल सिमल र न्याउली चरी गाउँछन् यिनीसित
खेतालाले पनि बुझ्छन् यीनका सरल गीत
कलम सधैं चलाई राख्छन् पर्न दिन्नन् खिया
सिर्जनाका तपस्वी हुन् कवि अलिमियाँ ।

‘हजार मुरी खेत महा एउटा घोडा चढ्ने
सुकुम्बासी दर्ता गर्दा सन्धि सर्पन पर्ने’
यस्तै खालका गीत लेख्छन् ताक्दै तिखा सिया
विद्रोहको स्वरमा बोल्छन् कवि अलिमियाँ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।