साहित्य

गीत

हे जून ! कैलेसम्म दिन्छ्यौ तिम्ले साथ आखिर मैले भोग्नैपर्छ त्यै अँधेरी रात यै धर्तीमा उभिएर जिउनुपर्छ मैलेथप्दैथप्दै आँसुको तेल दियो निभ्नु पैलेकतिन्जेल तृप्त होला शीत बोकेर पातआखिर मैले भोग्नैपर्छ त्यै अँधेरी रात के भरोसा डुबि जाने आधी जूनको बरै थाहा पाइयो राम्रैसंग आफ्नै हो कि पराइएक्लो तारा आकाशमा जूनले गर्यो घातआखिर मैले भोग्नै पर्छ त्यै अँधेरी रात । पुरा पढौ

तीन मुक्तक

१ आकाशको तारा अनि जुन मन पर्छ । जति हेरे पनि पुनः पुनः मन पर्छ । तिम्रो साथ जुन जस्तै शीतल लाग्छ मलाई, त्यसैले त सधैं सँगै हुन मन पर्छ । २ यता मनाउँ कि उता मनाउँ ? क-कस्लाई मात्र खुशी बनाउँ ? छ भने सुत्र, बताउ न मित्र कुन चाहिँ विधि म अपनाउँ ? ३ यस्तो एउटा नमूना घर हुनेछ खुशियाली हर प्रहर हुनेछ म त्यो दिनको कल्पना गरिरहेछु… पुरा पढौ

लघुकथा लेखनका लागि मार्गदर्शन

लघुकथा लेखनमा सिकारूहरूको लागि मार्गदर्शन - वर्तमान अवस्थामा मानिसहरूसँग लामा लामा ठेली पढ्ने समय निकै कम रहेको देखिन्छ। थोरैमा धेरै कुराहरू अट्ने हुँदा अहिले मानिसहरू लघुकथा लेख्न र पढ्न झुकाव भइरहेको पाइन्छ। आख्यानको प्रविधाको रुपमा लोकप्रिय हुँदै गइरहेको लघुकथा लेखनमा थुप्रै स्थापित साहित्यकारहरू पनि लागि परेको पाइन्छ। उपन्यासलाई फूटबल मैदान , कथालाई भलिबल मैदानको संज्ञा पाए झै लघुकथालाई चेस बोर्डको संज्ञा दिइएको यो प्रविधाको लेखन यात्रा बि सं २००७ पछि… पुरा पढौ

दुई मुक्तक

टन्टलापुरमा भेटें छायाँ नत्र म मरिसक्थे विश्वास छ दायाँवायाँ नत्र म मरिसक्थे तिम्रो काखमा सुल पनि फूल बन्न थाले सञ्जीवनी दियौ माया नत्र म मरिसक्थे । जून देउ वा तारा मलाई मञ्जुर छ हासो देउ वा अश्रुधारा मलाई मञ्जुर छ तिमी साथमा भएपछि महासागर नै तर्न सक्छु यो फेवा देऊ वा त्यो रारा मलाई मञ्जुर छ । पुरा पढौ

एक्लो लाकुरीको बोट

नौ डाँडा काटेर पारी, छोडी आएँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाकुरीको बोट गीतले भनेको लाकुरीको बोटमै पुग्नेहरु केही मिनेट रोकिन्छन् । उत्तर दक्षिण दुवैतिर फाँट, पूर्व पश्चिम फैलिएको पहाडको चुली । अक्सर सरर हावा आइरहन्छ । दुराडाँडाको लाकुरीको फेदमा सुस्ताएपछि यो गीत सुन्ने धेरैलाई लाग्छ ः यो गीतकी गायिकाको जन्मघर पनि हेरिहालूँ । तुर्लुङकोटको सिन्दूरे ढुंगाबाट यसोमुन्तिर स्वास्थ्य चौकी छ । त्यहाँ अहिले नयाँ भवन बन्दै छ… पुरा पढौ

एउटै मञ्चमा राजु/ शिव परियार

लोकदोहोरीका वादशाह राजु परियार, सुगम संगीतका शान शिव परियार र उदयीमान पाश्र्व गायक प्रताप दासले पोखरामा ‘स्टेज सेयर’ गर्ने भएका छन् । पोखरा सभागृहमा शनिबार हुने ‘शुभकामना सांगीतिक कार्यक्रम’ मा उनीहरु पहिलोपल्ट एउटै मञ्चमा देखिँदै छन् । उक्त अवसरको चाँजोपाँजो परिवार सेवा समाज कास्कीले मिलाएको हो । तीन चर्चित कलाकारले कार्यक्रममा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । उनीहरुसँगै झण्डै दुई दर्जन कलाकारको प्रस्तुति कार्यक्रममा रहने छ । जयकुमार परियार, पूर्णकला… पुरा पढौ

डा. एपिजे अब्दुल कलाम फाउन्डेसनका पदाधिकारी सम्मानित

पुराना गन्धर्ब गायक खिमबहादुर गन्धर्ब र डा. एपिजे अब्दुल कलाम पाउन्डेसनका ३ पदाधिकारी आइतबार एकसाथ सम्मानित भए । हरिदेवि कोइराला साहित्य संगीत सम्मान कोषले खिमबहादुरलाई हरिदेवी कोइराला संगीत सम्मान पुरस्कार २०७५ प्रदान गरेको हो । पुरस्कारको राशि १५ हजार नगद र ताम्रपत्र छ । नेपाली भाषाका लोककवि अली मियाँको स्मृतिमा गठन भएको अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको स्मृतिमा गठन भएको डा. एपिजे अब्दुल कलाम… पुरा पढौ

छम गुरुङलाई गौरी तमु लेखन पुरस्कार

गोरखाका साहित्यकार छम गुरुङ गौरी तमु लेखन पुरस्कारबाट सम्मानित हुने भएका छन् । गुरुङ साहित्यिक मञ्च नेपालको दोस्रो स्थापना दिवसमा हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ । गौरी मञ्चकी अध्यक्ष हुन् । छमलाई १५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला, ताम्रपत्र र भाङ्ग्रासहित सम्मान गरिनेछ । पुरस्कारका लागि १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना भएको छ । छमको पोर्टर बा नामक कविता संग्रह प्रकाशित भएको छ… पुरा पढौ

वामपन्थी लेखकको साझा मञ्चमा चिरा, कस कसले छाडे प्रलेस

वामपन्थी लेखकहरुको संगठन प्रगतिशील लेखक संघ (प्रलेस) मा विभाजन देखिएको छ। संघमा आबद्ध ३८ जना सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्यले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेका छन्।  'वर्तमान सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थालाई अग्रगमनकारी यथार्थमा परिवर्तन गर्नका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने सम्पूर्ण… पुरा पढौ

लघुकथाः अर्थबोध

हुर्रहुर्ती बल्नासाथ एकाएक तितरबितर असंख्य सहभागीहरु एकत्रित भए र शोकसभामा परिणत भए । अल्लि पर अर्कोे चितामा पनि आगो हुर्रहुर हुँदै थियो । त्यहाँ सीमित मान्छेहरुका पुन्पुरोमा हात देखिन्थ्यो ।  हामी डिलबाट दृश्यावलोकन गर्नेले सोधखोज ग¥यौं । दोबाटोमा उभिनेले भन्यो, एकातिर श्रद्धाञ्जली, अर्कातिर रमिता ।  त्यहाँ एउटा लाश किसानको थियो, अर्को जमीनदारको । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं