साहित्य

प्रेमको याम

घर,अफिस र पसलका सादा भित्ताहरुमा क्यालेन्डरका रङ्गीन पानाहरु फेरिए होला जीवनको तोस्रोबाट आयुका केस्राहरु फ्यास्स फ्यास्स खकुलिंदै गरेको यो समय छातीभित्र उदाएको प्रेमको घाम मनभित्र आसीन विश्वासको चहकिलो जून कहिल्यै पुरानो भएनन् बरु झनझन जवान छन् । बर्ष ,महिना,गते,बा अनि सिङ्गो शताब्दीक गणितीय स्वरुप परिवर्तन भए बच्चा हुर्काइसकेको चरीको गुंड झैँ थुपै बर्षहरु पुराना बनायौँ हामीले संगै कैयौंपटक नयाँ युगसमेत पुरानो भयो। आँखै अगाडि कयौं दृश्य परिदृश्यहरु फेरिए जसरी जे… पुरा पढौ

‘ब्याड भाले’ लाई एक लाख

राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बिना थिङ तामाङको ‘ब्याड भाले’ शीर्षकको कथा प्रथम भएको छ ।  बाह्रखरी बुक्सले आयोजना गरेको डिस होम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा लक्ष्मण वियोगीको कथा ‘टाउको’ दोश्रो र सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ तेश्रो भएको छ । बाह्रखरी बुक्सले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोश्रोले ६० हजार र तेश्रो हुनेले ४० हजार रुपैयाँ नगद, सिल्ड र… पुरा पढौ

रंगमञ्चमा देशको चित्र देखाउँदै सरुभक्त

बैशाख ६ गते शुक्रबारबाट गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन हुदैछ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन हुन लागेको यो नाटक बैशाख २१ सम्म गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटकलाई उत्कृष्ट बनाउन कलाकारले मेहनत गरेका छन् । नाटकलाई सरुभत्त श्रेष्ठले लेखेका हुन् । उनै श्रेष्ठले यो नाटकलाई निर्देशन गर्दै २५ वर्ष पछि नाटक निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशनमा उनलाई परिवर्तनले सघाउँनेछन् । नाटक बाकसमा गोविन्द रमण… पुरा पढौ

मुक्तकमणि राष्ट्रिय पुरस्कार थापालाई

नेपाली वाङ्मयका अग्रज स्रष्टा साधक रत्न शमशेर थापालाई पोखराबाट सञ्चालित मुक्तकमणि राष्ट्रिय पुरस्कार अर्पण गरिने भएको छ । १९९६ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मेर अङ्ग्रेजीमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापा वाङ्मयका कविता, गीत र मुक्तक विधामा क्रियाशील साधक हुन् । उनका ओभानो सिउँदो (२०२०), रुझेको परेला (२०२५), चकलाभरिको घाम (२०३६), दोभान (२०४२), अतित सम्झदै (२०४२), जीवनका लहरहरू (२०५३), ताराका काँचा रङ्ग (२०६०) लगायतका काव्यकृति चर्चामा छन् । वाङ्मयका प्रायः विधाबाट… पुरा पढौ

कुर्सीमा बर्दी

बीच सडकमा उत्तानो पछारिएको छ बुढो दौरा । सडक छेउको फलामे बारमा उल्टो झुन्डिएको छ इजार फुस्किएको सुरुवाल । टोपीमाथि दौडीरहेका छन् करोडौं चप्पलहरु । बिमारी रोइरहेको छ अस्पतालमा सुई सकिएको छ ! सुई मात्र हैन रुई पनि सकिएको छ ! आँखा फुटेको टेलिभिजन बौलाइरहेको छ मरुभूमिमा पानीजहाज चल्यो भनेर । खुनी सपेराहरु बीन बजाएर नचाइरहेछन् कोब्रा र करेतको जुलुस ! उता सुदुर गामतिर गुराँसको हाँगामा बारुद फूल्न थालेको छ… पुरा पढौ

‘रसुवाली कवि’ पक्राउ

रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएको भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हो । कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला काठमाडौँ महागरपालिका १६ बालाजुको हिलेगाउँबाट पक्राउ परेका हुन् । पुरा पढौ

डा. जगमानलाई अली मियाँ सम्मान पुरस्कार

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई उनकै जन्मथलोमा सम्मान गरिएको छ । लोक कवि अली मियाँको शतवार्षिकीका सन्दर्भमा नगद रू ५००००र सम्मानपत्रसहित अली मियाँ लोकवाङमय प्रतिष्ठानले गरेको हो । वरिष्ठ साहित्यकार चेतन कार्की, प्रकाश सायमी, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले उनलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मादी गाउँपालिका, हिमाली सांस्कृतिक परिवार लगायत स्थानीय आमा समूह, बाबा समूह, युवा क्लब सहित एक दर्जन संघ संस्थाले उनलाई सम्मान गरेका थिए… पुरा पढौ

आख्यानकार अवतारमा भूपिन

कविता र निबन्धबाट नेपाली साहित्यमा स्थापित भूपिन आख्यानकार आवरणमा आएका छन् । शनिबार उनको पहिलो उपन्यास मैदारो काठमाडौंमा विमोचन भएको छ । साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे । आहुतिले भूपीनको भाषामाथिको पकड उपन्यासले पुष्टि गर्ने बताए । भने, ‘भूपिनले सलल बग्ने भाषामा कथा भन्ने प्रयत्न गरेका छन् ।’ उनले उपन्यास पढ्दा कतै पनि रोकिनुनपर्ने अनुभव… पुरा पढौ

गजल

उमेरै नपुगी गए बाबा दुखका आँसु पिएर गएआमालाइ आँसु हामीलाइ दिल दिएर गए खाएनन कसैको एक कप चीया पनि खाएननकहिल्यै जानेनन हेप्न जीवनभर नै हेपिएर गए हिडे खाली खुट्टा चढेनन गाडि ,न खाए भरपेट मात्र कमाए किन आखिर चिहानमा नापिएर गए त्यसो त मोज मस्ती गरेर उडाएका होइन, हुँदै होइन तर रिणको भारी पल्लातिर गरुङो जोखिएर गए को भन्छ मर्दा केहि लादैन लादैलादैन मान्छेले ?हाम्रा बाले आमाका सिन्दुर, चुरा,पोते लिएर गए पुरा पढौ

आरोहण महाकाव्यका १३ स्रष्टालाई सम्मान

यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रबद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका स्रष्टालाई सम्मान गरिएको छ । नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा २५ कास्कीले शनिबार आरोहण महाकाव्यका १३ स्रष्टालाई नेपाल श्री वाङ्मय सम्मान अर्पण गरेको हो । आरोणका स्रष्टाहरु गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईँ, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञावली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी सम्मानित भएका हुन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं