वैशाख ७ गते २०७६

ताजा समाचार

वैशाख ७ गते २०७६

सुक्यो नेपाली भाषाको ‘शब्दसागर’



 वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको आज (शनिबार) निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका ९७ वर्षीय उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । 

नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । 

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागञ्जमा भएको थियो । संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए । 

यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए । लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

स्व. शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।