युगको मिसाइल

धागो काटेको चंगासरी

अनिश्चितताको आकाशमा,

मैले सोचेको उचाइँमा पुग्ला या नपुग्ला ?

र पनि, पठाएकी छु एउटा कविता

अक्षरका रंगहरुमा

घोलेर,

अलिकति

मजदुर, किसानका पसिनाहरु

विदेशिएकोछोरो आउनेआशमा पिडीको डिलमा पर्खेर बसेका ती बूढा बा / आमाका आशुहरु

अस्मिता लुटिएका हजारौंदिदीबहिनीकाबेदनाहरु

यी सबै को समिश्रण गरेर पठाएकी छु तिमीलाई ,

ए, मेरो प्यारो कविता!

अक्करको बाटोमा

हिडाएकी छु एक्लो तिमीलाई

दुष्मनहरूले काँडा विछ्याउन सक्छन्

अँध्यारोमा तर्साउन सक्छन्

सतर्क रहनू,

काटिनसक्छ तिम्रो नाउँमा पक्राउ पूर्जी

यासुनाइन सक्छ मृत्युदण्डको फैसला

नडगमगाउनू,

ए, कविता!

जसरी डगमगाउदैन आँधिकोबेगसँग हिमाल

रोकिदैन चट्टानसँग नदी

त्यसरी नै,

तिमी रहनूपर्छअटल,

बग्नुपर्छनिरन्तर

लड्नूछतिमीले आन्याय- अत्याचारका बिरुद्द

लाखौँ आमाको क्रन्दनका विरूद्ध

नारीको अस्मिता लुट्ने नर-पिशाच बिरुद्द

भिड्नूछ तिमीले

रगत र पसिना चुस्न पल्केका जुकाहरूसँग

मान्छेको खोल ओडेका बुख्याचासँग

उठाउनु छ दबिएका आवाज

फुकाउनूछ बाधिएका हात

अनि लेख्नूछ,

आँसु, पीडा र विवशताका कथा

त्यसैले पठाएकी छु

युगको मिसायल,

कलमरूपी तरबार 

र अक्षररूपी बन्दुक बोकाएर

शीर छेदन गर्न महिषासुरहरूको

नबिर्सनू

महाकाली र दूर्गाको ईतिहास

पारिजात र पासाङल्हामुको गाथा

बुद्धकाधर्मदेशना

र सगरमाथाको गौरव

मातृभूमिको ममतालाई शीरमा बोकेर

कोइलालाई हिरा बनाएर फर्क,

त्येसरी नै,

लेख्नूछ तिमीले अर्को इतिहास

चन्द्रसूर्य अंकित झण्डा फर्फराउदै

विजयको रातो अविर लगाएर फर्क

किनकि,

फिर्ता ल्याउनुछ

हराएको आमाको मुस्कान

पिलाउनुछ एक अञ्जुली पानी

ती बुढी आमालाई

जो कुरिरहेकी छिन्

निधारका रेखाहरूमा सिंगो देश बोकेर ।

pratikshyas440@gmail.com