गजल

गर्छु मैले फुलै फुलले स्वागत तिमीलाई
अहिले मात्रै नभएर आगत तिमीलाई

हर्ष बाेली हुन्छ पर्दैन भाे दिन केहि
मन मटु साट्न सक्ने तागत तिमीलाई

फुलाऊ कि फुल हजुर काडॉ बिच मैले
दिन्छु उनी प्रेममाला राहत तिमीलाई

पर्छ कि सम्मान गर्न, दुई दिनकाे पाहुना
गर्दिन म गालीहरु फगत तिमीलाई

मुटु एउटै पाहुना याे धर्तिका हामी
प्यारै प्यार सिइ्गै जगत तिमीलाई!!!

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।