साहित्य

सरुभक्तलाई १ लाखको पुरस्कार

साहित्यकार सरुभक्तलाई यस वर्षको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिने भएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख र ताम्रपत्र छ । यस्तै कलाश्री सम्मान यस वर्ष साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली भाषा–साहित्यमा उल्लेखय योगदान गरेकोमा उनीहरुलाई सम्मान र पुरस्कृत गर्न लागिएको हो । प्रतिष्ठानले ५० हजार रुपैयाँसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि सुमन पोखरेल र २५ हजार रुपैयाँको… पुरा पढौ

पूर्वेली बादलको पोखरामा कविता वर्षा

पूर्वकी शक्तिशाली कवि वादलदेवी चाम्लिङ शनिबार पोखरेलीलाई रोज्जा कविता सुनाउन आइपुगिन् । पाँचथरमा जन्मेर अहिले मोरङको बेलबारीमा बस्ने बादलले पूर्वेली लवजले परिपुष्ट करिब १ दर्जन कविता सुनाइन् । नारी प्रतिभा वाङमय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा आमा, पहाड, अभिमान र प्रेम हजुरको जीत मलाई मनपर्छ लगायत कबिता उनले सुनाइन् । पाठेघर कविता संग्राह मार्फत नेपाली साहित्य आकाशमा छाउन सफल भएका कवि चाम्लिङले कार्यक्रममा नारी प्रतिभा, अस्तित्व, अधिकार लगायत आमालाई सर्मपित गर्दै… पुरा पढौ

‘फूलको विद्रोह’ लिएर आइन् अनिता

अनिता न्यौपानेको ‘फूलको विद्रोह’ कविता सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, कवि निमेष निखिल र कवि ज्ञानु अधिकारीले सयुक्तरुपमा सार्वजनिक थरे । अध्यक्ष श्यामलले कवि न्यौपानेले समाजमा आफूले देखे, भोगेका कुरालाई कवितामार्फत सार्वजनिक गरेको बताए । उनले कविताको शैली पहिलेजस्तो नभई भावनात्मकरुपमा पाठक र समालोचकले पढ्ने खालको हुनुपर्ने विचार राखे । “कविताले भावनालाई उद्धेलित… पुरा पढौ

सहमतिबाट समाधान खोज्न प्रलेसको आग्रह

वाम लेखकहरुको साझा मोर्चा प्रगतिशील लेखक संघ नेपाल (प्रलेस)ले पछिल्लो समय विकसित राजनीतिक परिस्थितिप्रति चासो देखाएको छ । बुधबार प्रलेस अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले वार्ता र सहमतिबाटै समाधान खोज्न सरकार र अन्य सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विज्ञप्तिमार्फत् सिके राउतसँग सम्झौता गर्दा राष्ट्रिय स्वार्थमा सरकार संवेदनशील हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक शक्तिको रुपमा परिभाषित गर्दै सहमतिबाटै… पुरा पढौ

प्रलेस गण्डकी अध्यक्षमा लोकबहादुर

प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको प्रथम प्रदेश सम्मेलनले थापाको नेतृत्वमा ३५ सदस्यीय समिति गठन गरेको हो । संघको उपाध्यक्षमा परशुराम कोइराला र विजया सुवेदी, सचिवमा नारायण मारसिनी, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सहसचिवमा दिनेश शर्मा छन् । गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्ष पदेन सदस्य रहने गरी बाँकी २९ सदस्य चयन भएको निर्वाचन समितिका संयोजक प्रा डा रविलाल अधिकारीले बताए । सम्मेलनमा… पुरा पढौ

‘रुझेर अग्निवर्षामा’ चर्चा

मुक्तककार रुद्र ज्ञवालीद्वारा लिखित मुक्तक संग्रह ‘रुझेर अग्निवर्षामा’ माथि परिचर्चा भएको छ । मुक्तक मञ्च, पोखराको आयोजनामा परिचर्चा भएको हो । त्यस अवसरमा साहित्यकार तीर्थ श्रेष्ठले मुक्तक लेखनमा महाकाव्य लेखनमा जस्तै अत्यन्त सचेतता आवश्यक पर्ने बताए । चर्चित राजनीतिज्ञ विन्स्टन चर्चिलको उदाहरण दिँदै ‘उनले १ घन्टा भाषण गर्दा बिनातयारी जाने तर १० मिनेट भाषण गर्दा १ घन्टा तयारी गर्नुपर्ने’ बताए जस्तै मुक्तक लेखनमा गम्भीर साधना आवश्यक हुने कुरामा जोड दिए… पुरा पढौ

लघुकथा : हाइवेको होटेल

आफ्नो लामो गन्तव्यमा पुग्न हतार रहेको रात्रीकालिन बस राजमार्गको एउटा होटेलमा रोकियो। कण्डक्टरले जानकारी गराउँदै थियो त्यसै समय होटेलबाट खटाइएको एउटा केटो आएर चिच्याउन थाल्यो। "ल सबै झर्नुहोस् । दिसापिसाब गर्नुहोस् अनि हलमा आएर टिभि हेर्दै खाना खानुहोस् । खाना नखानेहरूले फर्किँदा काउन्टरमा झुण्ड्याइएको बोर्डमा एकपटक अवश्य हेर्नुहोस् । भोक लागेका यात्रीहरू फटाफट झर्न थाले । दिसापिसाबले आत्तिएको मपनि उत्रीएँ । यात्राले गर्दा खासै भोक लागेको थिएन । शौचालय पुग्दा… पुरा पढौ

कवि अली मियाँ (गीत)

लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया विरह र वेदनाका कवि अलिमियाँ । सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया मन फकाउन सिपालु छन् कवि अलिमियाँ । लोककवि अली मियाँ गोल सिमल र न्याउली चरी गाउँछन् यिनीसित खेतालाले पनि बुझ्छन् यीनका सरल गीत कलम सधैं चलाई राख्छन् पर्न दिन्नन् खिया सिर्जनाका तपस्वी हुन् कवि अलिमियाँ । ‘हजार मुरी खेत महा… पुरा पढौ

समान अधिकार (गीत )

छोराका लागि पस्कन्छौं हामी अनेकौं परिकार छोरीलाई किन दिँदैनौं अझै समान अधिकार । समता भन्ने कुरा भो अब आकाश पारीको गालामा आँसु झर्दैछ अझै विचरा नारीको यो आधासंसार ओझेलमा पर्छ टुक्रिन्छ परिवार पुरुषलाई जति नदिए देखि नारीलाई अधिकार । घरको धन्दा पुरुषको भन्दा नारीकै वर्ता छ तैपनि धेरै छोरीको भन्दा छोराकै सुर्ता छ पुरुष यदि मूर्ति हो भने नारी हुन् मूर्तिकार यी मूर्तिकारलाई चाहिन्छ अब समान अधिकार । अनिच्छित बस्तु… पुरा पढौ

Poem : The Guests

Lets go then you and me DADTo inspect our newly constructed house Builder is handing over to us Next week A big house it was In three floors With all human needsThe terrace The garage and The swimming poolall in a row The balconyThe kitchen and The theater all in matching colors A cozy living room with big sofaTV and modern gadgets A large bed roomwith all attached facilities certainly for the son and his wifeTwo separate rooms for the kids The builder… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं