लघुकथाः अर्थबोध

हुर्रहुर्ती बल्नासाथ एकाएक तितरबितर असंख्य सहभागीहरु एकत्रित भए र शोकसभामा परिणत भए । अल्लि पर अर्कोे चितामा पनि आगो हुर्रहुर हुँदै थियो । त्यहाँ सीमित मान्छेहरुका पुन्पुरोमा हात देखिन्थ्यो । 

हामी डिलबाट दृश्यावलोकन गर्नेले सोधखोज ग¥यौं । दोबाटोमा उभिनेले भन्यो, एकातिर श्रद्धाञ्जली, अर्कातिर रमिता । 

त्यहाँ एउटा लाश किसानको थियो, अर्को जमीनदारको ।