टन्टलापुरमा भेटें छायाँ नत्र म मरिसक्थे
विश्वास छ दायाँवायाँ नत्र म मरिसक्थे
तिम्रो काखमा सुल पनि फूल बन्न थाले
सञ्जीवनी दियौ माया नत्र म मरिसक्थे ।
जून देउ वा तारा मलाई मञ्जुर छ
हासो देउ वा अश्रुधारा मलाई मञ्जुर छ
तिमी साथमा भएपछि महासागर नै तर्न सक्छु
यो फेवा देऊ वा त्यो रारा मलाई मञ्जुर छ ।




