तीन मुक्तक

आकाशको तारा अनि जुन मन पर्छ ।

जति हेरे पनि पुनः पुनः मन पर्छ ।

तिम्रो साथ जुन जस्तै शीतल लाग्छ मलाई,

त्यसैले त सधैं सँगै हुन मन पर्छ ।

यता मनाउँ कि उता मनाउँ ?

क-कस्लाई मात्र खुशी बनाउँ ?

छ भने सुत्र, बताउ न मित्र

कुन चाहिँ विधि म अपनाउँ ?

यस्तो एउटा नमूना घर हुनेछ

खुशियाली हर प्रहर हुनेछ

म त्यो दिनको कल्पना गरिरहेछु प्रिय

जब तिम्रो नामको पछि मेरो थर हुनेछ ।