गीत

मेची रुन्छ काली रुन्छ रुन्छ दूधकोशी 

देशको रगत विदेसिंदा रुन्छ तामाकोशी 

आफ्नै छाती कुल्चिएर जब तर्छन् पारी 

गहभरी आँसु पार्दै रुन्छ पाखाटारी

भक्कानोमा शीर लुकाई रुन्छ देशको माटो 

विधवाको सिउँदो जस्तै टोलाउँछ बाटो 

सेती रुन्छ काली रुन्छ रुन्छ भोटेकोशी 

देशको रगत विदेसिंदा रुन्छ तामाकोशी 

सुनाखरी पहाड फुल्छ फुल्छ सूर्यमुखी 

विदेसिंदा देशको रगत माटो बन्छ दुखी 

फुलाउन पाए हुन्थ्यो कसको फुल केसमै 

नबिर्सेर आए हुन्थ्यो देशको माटो देशमै 

मादी रुन्छ मोदी रुन्छ रुन्छ सुनकोशी 

देशको रगत विदेशिंदा रुन्छ तामाकोशी |